काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउड नयाँ मोडमा पुगेको छ । उनको मृत्युमा मुख्य भुमिकामा रहेको आरोपमा रिया चर्कवर्ती अहिले पनि हिरासतमा छिन् । यो प्रकरण अहिले न-शा प्र-योगमा गएर अड्केको छ । अहिले भारतमा धेरै कलाकारहरुको यस का-ण्डमा नाम आएको छ ।

यो बीचमा चर्चित अभिनेत्री दीपिका पादुकोणले बाहिर आएको च्याटको आरोप स्विकार गरेकी छिन् । शनिबार ना-रकोटि-क्स कन्ट्रोल ब्युरो (एनसीबी)ले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको थियो ।

दीपिका पादुकोणले सञ्चारमाध्यमहरुमा आएको च्याटको आरोप स्विकार गरेकी छिन् । तर, नायिकाद्धय साराअली खान र श्रद्धा कपुरले भने न-शा से-वनको आ-रोप अस्विकार गरेका छन् ।

एनसीबीको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो । दुबैजनाले हालै सार्वजनिक च्याटको आरोप स्विकार गरेका हुन् ।

दीपिकालाई एनसीबीका प्रतिनिधीले उनीमाथि लगाइएको आरोप जानकारी गराएका थिए । डाटा ब्याकअप लिनका लागि दीपिकाको २ वटा मोबाइल पनि लिइएको थियो ।

उनलाई यो बिषयमा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनीहरुका मोबाइल नियन्त्रणमा लिइएको जनाइएको छ । दीपिकाले च्याटमा आफुलाई माल चाहिएको भन्दै मागेको देखिएको थियो ।

सम्बन्धित खबरहरु