काठमाडौं । कोरोना भाइरस लगभग ९ महिना अघि चीनको वुहानबाट फैलिन थालेको थियो । अहिलेसम्म ३ करोड ३० लाख भन्दा धेरै संक्रमित भएका छन् । त्यसबेलादेखि संसारभरि करीव १० लाख मानिसले ज्यान गुमाइसकेका छन् । अर्कोतिर २ करोड ४४ लाख भन्दा धेरै जना निको पनि भैसकेका छन् ।

 

 

तर यससँग सम्बन्धित प्रश्नहरू समाधान भएका छैनन् । जब एक भारतीय पत्रकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोमलाई कोरोना भाइरस चीनबाट आएको हो कि भनेर सोधेका थिए ? भारतीय पत्रकारलाई जवाफ फर्काउदै टेड्रोसले फेरि चीनको पक्षमा बयान जारी गरेका छन् ।

 

 

 

डब्ल्यूएचओ प्रमुखले शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गरिरहेको बेला यस्तो बताएका हुन् । यस समयमा एक भारतीय पत्रकारले उनलाई कोरोना भाइरस चीनको वुहानको भाइरोलोजी ल्याबमा भएको भन्ने दाबीको बारेमा प्रश्न गरेका थिए ।

 

 

यसमा टेड्रोसले भने, ‘डब्ल्यूएचओ जो विज्ञान र प्रमाणमा विश्वास गर्दछ । एक मिडिया साक्षात्कारमा कसैले भने कि भाइरस ल्याबबाट आएको हो तर जहाँसम्म हाम्रो सवाल छ, हामीले देखेका सबै प्रमाणहरूमा यो भाइरस प्राकृतिक रूपमा आएको छ ।’

 

 

सम्बन्धित खबरहरु