काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम आजदेखि शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालीम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालीममा ३० महासेनानीको सहभागिता छ ।

[caption id="" align="aligncenter" width="895"] File Photo[/caption]

 

उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने सो तालीम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो । कोभिड –१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्णरुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालीम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबरहरु