‘नसोचेको बेला आउँछ है भईंचालो, पूर्व तयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नाराका साथ १७ औं भूकम्प सुरक्षा दिवस शुक्रबार काठमाडौं उपत्यकासहित देशभर मनाईंदै छ ।
दिवसको अवसरमा अन्तरक्रिया, चेतनामूलक र्याली, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएका छन् । गृहमन्त्रालयको आयोजनामा काठमाडौंमा र्याली आयोजना गरिएको छ ।
विक्रम संवत् १९९० साल माघ २ गते गएको भूकम्पले नेपालमा पुर्याएको क्षतिको स्मरण गर्दै २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
भूकम्पीय जोखिमयुक्त विश्वका १ सय १८ मुलुकमध्ये नेपाल ११ औं स्थानमा पर्दछ । राजधानी काठमाडौंको अव्यवस्थित सहरीकरण र बर्षौं पुराना भौतिक संरचनाले जोखिम बढाएको विज्ञहरुको भनाइ छ ।
भूकम्प सुरक्षा दिवसको अवसरमा झापको विर्तामोडमा विभिन्न ७ वटा संस्था मुख्य आयोजक र अन्य दुई दर्जन संस्थाको सहआयोजनामा र्यालीसहित विविध कार्यक्रम आयोजना गरिएको छ ।