काठमाडौं । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको ज्यान लिइएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा ज्यान लिइएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको लाश फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले ज्यान लिएको अवस्थामा महिलाको लाश फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेश सिंह स्वयम् पुग्नु भएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक धमलाले घटनाको अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिनुभयो । आज प्रदेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ ।

लाशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाश परीक्षण गरिएको छ । गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उहाँको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फु*टा*इएको र कानसमेत का*टि*एकाले कर्तव्यबाटै ज्यान लिएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो ।

मृतकको ज्यान लिइएको भन्दै उहाँका श्रीमान् शिवनारायण कौडगिया यादवले सामान्य उ*जू*री दिएको जानकारी दिँदै प्रहरीले हत्याका आरोपित यकिन भएपछि पुनःकर्तव्य ज्यानको उ*जू*री लिने जनाएको छ ।

सम्बन्धित खबरहरु