काठमाडौं । भीआईपीहरुको मति विग्रिएको घटना आइनै रहन्छन् । उनीहरुका कार्यका कारण उनीहरु मात्र हैन समाज नै लज्जित हुनुपरिरहेको हुन्छ । भारत, मध्य प्रदेशमा यस्तै भएको छ ।

 

 

एक वरिष्ठ प्रहरी अधिकारीको एक भिडियो भाइरल भएको छ जसमा उनले आफ्नी श्रीमतीमाथि हा'तपा'त गरेको देखिन्छ । बीबीसीले यस भिडियोको सत्यता दावी गर्न सक्दैन, तर सार्वजनिक भएपछि मध्यप्रदेश महिला आयोगले स्वतः एक्शन लिई यस मामलामा उक्त अधिकारीको ध्यानाकर्षण गर्ने निर्णय गरेको जनाउँछ ।

 

 

प्रहरी अधिकारी पुरुषोत्तम शर्माले यसलाई मिडियामा आफ्नो व्यक्तिगत पारिवारिक घटनाका रूपमा वर्णन गरेका छन् । महिला आयोगले पनि ती अधिकारी बिरूद्ध एफआईआर दर्ता गर्न सिफारिस गरेको छ ।

 

https://twitter.com/PadmajaJoshi/status/1310479141418885122

 

महिला आयोगकी अध्यक्ष शोभा ओझाले बीबीसीलाई भनिन्, ‘यो कुरा घरेलु हिं–साको बारेमा हो । त्यसैले आयोगले यस विषयमा सुचना दिने र एफआईआर सिफारिस गर्ने निर्णय गरेको छ । हामी यसबारे कारबाही गर्नेछौं ।’ भिडियो आएपछि प्रदेश सरकारले उनलाई अहिले पदबाट हटाएको छ ।

 

 

 

समाचार अनुसार यो भिडियो उनका छोराले राज्यका गृहमन्त्री, प्रदेश प्रहरी प्रमुख र मुख्य सचिवलाई बाबुलाई कारबाही गराउनका लागि पठाएका थिए । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले सञ्चारमाध्यमसँग कुराकानी गर्दै शर्मालाई पदबाट हटाएको जानकारी दिएका हुन् । उनीहरु बाट नै यो भिडियोपनि बाहिरिएको छ ।

 

 

शिवराज सिंह चौहानले भने, ‘यदि जिम्मेवार पदमा बसेको व्यक्तिले यस्तो गतिविधि गर्छ भने कानून आफ्नो हातमा लिन्छ, ऊ जोसुकै भए पनि कारबाही हुन्छ ।’ शर्माबारे सबै कुरा थाहा पाएपछि उनलाई पदबाट हटाइयो र मन्त्रालयमा बोलाइएको छ । भाइरल घटनाको भिडियो आइतवार भएको जनाइएको छ ।

 

एक भिडियोमा पुरुषोत्तम शर्मा आफ्नी प्रेमिकाको घरमा गएका छन, जहाँ एकाएक, उनकी पत्नी त्यो घरमा पुगेर बबाल गर्छिन । जानकारी अनुसार शर्मालाई रं–गेहात युवतीसँग भेटेकी उनकी श्रीमती रिसाएकी थिइन् ।

 

 

प्रेमीकासँग भएको भिडियो स्वयम शर्माकी श्रीमतीले बनाएकी हुन् । श्रीमती आएपछि पुरुषोत्तम शर्मा त्यहाँबाट विवाद गर्दै बाहिर निस्केका छन् । यो भिडियोमा शर्माले कसैलाई भेटेको कुरालाई बढ्ता उचालेको भन्दै आक्रोश प्रकट गर्दै जे गर्न मन लाग्छ गर भन्दै श्रीमतीसँग झर्केका छन् ।

 

 

जब पुरुषोत्तम शर्माकी श्रीमती घरमा आइन तब रिसको झोकमा रहेका शर्माले हा'तपा'त गर्न पुगेको बताइएको छ । दोस्रो भिडियोमा, यो देख्न सकिन्छ कि उनले आफ्नी श्रीमतीमाथि नराम्रोसँग हा'तपा'त गर्दैछन् ।

 

 

उनको घरमा काम गरिरहेका दुई कामदारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ । उनीहरु छुटाउन खोज्छन्, साथमा एक कुकुर पनि रहेको छ । कुकुर भुक्दै गरेको दृश्यसहितको भिडियो सीसीटिभी क्यामेराबाट लिइएको हो । तर केही रिर्पोटहरुमा भिडियो छोराले खिचेको बताएका छन् ।

 

 

पुरुषोत्तम शर्मा यस घटनालाई व्यक्तिगत बताउँदै अनावश्यक चासो नदिन अनुरोध गर्छन । पुरुषोत्तम शर्माले मिडियासँग कुराकानी गरेर त्यसलाई आफ्नो व्यक्तिगत मामलाको रूपमा वर्णन गरेका हुन् ।

 

 

उनले एक बयान जारी गर्दै भनेका छन्, ‘यो मेरो र मेरी श्रीमतीको बिच पारिवारिक सम्बन्ध हो । यदि उनी मसँग रिसाएको भए उनी मसँग किन बस्छिन् ? मेरो पैसा किन प्रयोग गर्छिन् ? मेरो पैसामा विदेश यात्रा किन गर्छिन ?’

 

 

उनले थप भने, ‘उनी विगत १२ बर्षदेखि ममाथि शंका गरिरहेकी छिन् । उनले २००८ मा पनि म विरुद्ध मुद्दा हालेकी थिइन । मैले उनलाई कुनै असर गरिन । मैले मात्र आफ्नो पक्ष लिएको हुँ ।

 

 

यो बीचमा सामान्य ध'क्का'मु''क्की भएको हो ।’ पुरुषोत्तम शर्माकी श्रीमतीसँग कुरा गर्ने प्रयास गरियो तर उनले फोन उठाइनन् । भारतको राष्ट्रिय महिला आयोगले पनि यस विषयमा जानकारी लिएको बताएको छ ।

 

 

सम्बन्धित खबरहरु