तनहुँ । देबघाट गाउँपालिका९२ दरैटार बस्ने ६० वर्षीय मिन बहादुर चितौरेको घरमा आगलागी हुँदा घर पूर्णरूपमा नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित महाशक्ति सोप साबुन फ्याक्ट्रीको कार्टुन गोदाममा विद्युत सर्ट भई बिहान आगलागी हुँदा कार्टुन, रेपर र केमिकल समेत करिब ५० लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

 

सम्बन्धित खबरहरु