बारा । बाराको बिश्रामपुर गाउँपालिका–३ बस्ने उमेश पण्डितको १० वर्षीय छोरा कुन्दन पंडितको सोमबार दिउँसो नदीमा डुबेर मृत्यु भएको छ । सोही गाउँपालिका–४ खुदिया टोलस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

यता बर्दिया, बढैयाताल गाउँपालिका–५ जगतिया बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमा थारुको घर नजिकैको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ । उदयपुर, रौतामाई गाउँपालिका–२ स्थित रसुवा खोलामा डुबेर सोही गाउँपालिका–८ जरङगे बस्ने ५५ वर्षीया मैया लुङगेली मगरको आइतबार मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

यसैगरी प्युठान माण्डवी गाउँपालिका–१ डाम्री खोलास्थित सडक निर्माण गर्ने क्रममा पहिरो जाँदा जेसिवी चालक अर्घाखाँची शितगंगा नगरपालिका–८ बस्ने ४० वर्षीय नरसिंह बुढामगरको पहिरोमा पुरिएर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

 

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु