नेकपा एमालेले आउँदो सोमबार काठमाडौंमा कार्यकर्ता भेला आह्वान गरेको छ । संविधान निर्माणमा आएको जटिलता, हालसम्मको प्रगति र पार्टीको भुमिकाबारे कार्यकर्ताहरुलाई जानकारी दिन भेला आह्वान गरिएको हो ।
स्थायी कमिटी बैठकले सोमबार दिउँसो साढे १२ बजे प्रज्ञाभवन कमलादीमा बृहत कार्यकर्ता भेला गर्ने निर्णय गरेको एमाले महासचिव इश्वर पोख्रेलले जानकारी दिए ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्वोधन गर्ने छन् ।
कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकाका सबै पार्टी कमिटी, संगठित सदस्यहरू, सबै जनसंगठनका पदाधिकारी तथा सदस्यहरू, सबै सम्पर्क कमिटी र मञ्चमा आवद्ध पदाधिकारी तथा सदस्यहरूलाई एमालेले आहृवान गरेको छ ।