काठमाडौं । कुवेतका शीर्ष कूटनीतिज्ञ एवं शासक शेख सबा अल अहमद अल सबाहको ९१ वर्षको उमेर मृत्यु भएको हो । इराकसँग निकटता बढाउनको लागि सन् १९९० को खाडी लडाँईपछि तेल सम्पन्न राष्ट्रको शीर्ष कूटनीतिज्ञका रूपमा उनको मुख्य भुमिका रहेको थियो ।

 

 

उनी शेख अहमद अल–जबर अल–सबाका चौथो सन्तान थिए । उनका भाई ८३ वर्षीय शेख नवाफ अल अहमद अल सबालाई अस्थायी रूपमा राजकुमारको रूपमा केही अधिकार प्रदान गरिएको छ । शेख सबा अल अहमद, हालै अमेरिकामा शल्यक्रियाका लागि गएका थिए ।

 

 

राष्ट्रपति ट्रम्पले अमिर शेख अल–अहमदलाई अमेरिका ल्याउन वायुसेनाको एक विमान पठाए, जसमा कुवेती राजकुमारले उनलाई एक पत्र पठाएर उनलाई धन्यवाद दिएका थिए । मिडिया रिपोर्टका अनुसार शेख सबा अल अहमदले सन् २००६ देखि तेल समृद्ध खाडी अरब राज्यमा शासन गरेका थिए ।

 

 

उनले ५० बर्ष भन्दा बढी समयसम्म आफ्नो विदेश नीतिको रेखदेख गरेका थिए । शेख अल सबाह प्रायः क्षेत्रीय विवादमा मध्यस्थको रूपमा काम गर्थे, जसमा साउदी अरेबिया, यसका मित्र राष्ट्रहरू र कतारबीच चलिरहेको कुटनीतिक गतिरोध पनि समावेश छ ।

 

 

मानवीय सहायताका लागि धेरै दाता सम्मेलनहरूको आयोजना गर्नुको सट्टा कुवेतले सिरियाको लडाँईमा हस्तक्षेप गर्नबाट पछाडि हटेको थियो । यसले उनलाई खाँडी राष्ट्रका जनताले ज्यादै प्रसंशा गर्दछन् ।

 

 

 

सम्बन्धित खबरहरु