काठमाडौ । पछिल्लो २४ घण्टामा थप १५५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार २०५ जनामा गरिएको पिसिआर परीक्षणमा १५५९ जनामा संक्रमण देखिएको हो ।

 

 

यो सहित संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । त्यस्तै २४ घण्टामा एक हजार ५७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।

 

 

सम्बन्धित खबरहरु