काठमाडौं । कोरोना महामारीबीच जारी लकडाउनलाई लिएर नयाँ अपडेट आएको छ । भारत सरकारले अनलक–५ का दिशानिर्देश बुधवार (आज) जारी गरेको छ । उत्सवको मौसमलाई ध्यानमा राख्दै, सरकारले अनलक–५ मा छुटमा वृद्धि गरेको छ ।

 

 

केन्द्रले १५ अक्टुबरदेखि सिनेमा हल र मल्टिप्लेक्स खोल्न अनुमति दिइएको छ । पौडी खेल्ने खेलाडीहरूका लागि पनि तालिमका लागि स्विमङ पुल खोल्न सक्ने बताएको छ । यस बाहेक, सरकारले मनोरञ्जन पार्क खोल्ने पनि जनाएको छ ।

 

 

 

अनलक–५ मा यी कुराहरु छुटहरू हुनेछन्ः मल्टिप्लेक्स, थिएटर र सिनेमा कुल क्षमताको ५० प्रतिशत क्षमताको साथ खोलिनेछ । केन्द्र सरकारले यसको लागि एसओपी जारी गर्नेछ । राज्य सरकारहरूले स्कूल र कोचिङ संस्थान खोल्नेबारे १५ अक्टूबर पछि निर्णय लिने सरकारले जनाएको छ । तर यसका लागि परिवारको अनुमोदन आवश्यक हुनेछ ।

 

 

 

अनलक–४ मा यी कुराहरुमा छुट दिइएको थियोः मेट्रो रेल सेवा सुरु गर्न अनुमति, १०० व्यक्तिसँगै धार्मिक–राजनीतिक घटनाहरू गर्न अनुमति, खुला एयर थिएटरहरू खोल्न अनुमति र ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुका लागि स्कूल खोल्ने निर्णय गरेको थियो ।

 

 

भारतमा कोरोना संक्रमितहरुको कुल संख्या ६२ लाख ४५ हजार भन्दा धेरै रहेको छ । अहिलेसम्म ९७ हजार ७०० भन्दा धेरैको मृत्यु भएको छ भने ५२ लाख भन्दा धेरै निको पनि भैसकेका छन् । भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या ९ लाख ४१ हजार भन्दा धेरै रहेको छ ।

 

योपनि

https://www.janaboli.com/post/298905

https://www.janaboli.com/post/298901

 

 

 

सम्बन्धित खबरहरु