काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फेरि कोरोना भाइरस नियन्त्रणका लागि पाकिस्तानको प्रशंसा गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानमले कोरोनाको बिरूद्ध पाकिस्तानको रणनीतिको प्रशंसा गरेका छन् । डब्ल्यूएचओ प्रमुखले भने कि पाकिस्तानले कोरोनालाई फैलिनबाट रोक्न मात्र सफल भएन ताकी महामारीको बीचमा यसको अर्थतन्त्र सुधार गर्न पनि अवसर प्रदान गरेको छ ।

बेलायती अखबार ‘दि इण्डिपेन्डन्ट’ मा रहेको रायमा टेड्रोसले भनेका थिए, ‘पाकिस्तानले विगत धेरै वर्षमा पोलियोको लागि तयार गरेको पूर्वाधार कोभिड–१९ सँग लड्न प्रयोग गरिसकेको छ ।’ डब्ल्यूएचओ प्रमुखले भने, ‘पोलियो बिरूद्ध घरदैलो खोप अभियान अन्तरर्गत तालिम लिएका सामुदायिक स्वास्थ्यकर्मीहरुलाई पुनः रोजगारमा राखियो र सम्पर्क ट्रेसिङ सर्विलान्स र कोभिड–१९ को लागि प्रयोग गरीयो ।’

टेड्रोसले भने, ‘यो भाइरस पाकिस्तानको रणनीतिले नियन्त्रणमा ल्याएको छ । जसले अर्थव्यवस्थालाई फेरि सामान्य गतिमा लियो ।’ टेड्रोसले भने, ‘भाइरसको नियन्त्रणले पाकिस्तानले स्थायित्व ल्याएको छ र अर्थव्यवस्था फेरि गति लिन गएको छ । भाइरस नियन्त्रण गर्न र अर्थव्यवस्था बचाउन कसैलाई पनि छोड्न सकिदैन, दुबै सँगै हुनुपर्दछ ।’

विश्व स्वास्थ्य संगठन प्रमुखले थाइल्याण्ड, इटाली, उरुग्वे र अन्य देशहरूको कोरोना भाइरस नियन्त्रण गर्न सामूहिक प्रयासहरूको पनि प्रशंसा गरेका छन् । टेड्रोसले भने, ‘धेरै देशहरूले हरेक तहमा प्रयास गरेका छन्। सही पूर्वाधार प्रयोग गरेर यी देशहरूले यसको नियन्त्रण बाहिर जानुभन्दा अघि महामारीलाई रोक्नको लागि कदम चाले ।’

गत मेमा पनि विश्व स्वास्थ्य संगठनका प्रमुखले पाकिस्तानको प्रशंसा गरेका थिए । टेड्रोसले भनेका थिए, ‘पाकिस्तान एउटा त्यस्तो देश हो जहाँबाट अन्तर्राष्ट्रिय समुदायले कोरोना महामारीको सामना कसरी गर्ने भनेर सिक्नुपर्छ ।’

पाकिस्तानमा गरिएको एक अध्ययनले पाकिस्तानमा कोरोना भाइरसको दोस्रो लहर असम्भव हुने बताएको छ । राष्ट्रिय रक्त रोग संस्थान, कराचीको अध्ययन पनि अक्सफोर्ड विश्वविद्यालयको प्रेस जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित भयो । यस अध्ययनमा यो भनिएको थियो कि कराचीमा ३६ प्रतिशत व्यक्तिहरुमा कोरोना बिरूद्ध प्रतिरक्षा विकास भएको छ । पाकिस्तानमा देशभर पुर्ण रुपमा लकडाउन लगाइएको थिएन् ।

कोरोना संक्रमणलाई हेरेर स्मार्ट लकडाउन गरिएको थियो । यसमा कोरोना संक्रमणको संख्या र जोखिमका आधारमा लकडाउन लगाउने गरिएको थियो । पाकिस्तानको इमरान खान सरकारको उक्त चलाखीले देशभर भएका उद्योग, कलकारखाना सञ्चालनमा नै रहेका थिए ।

खान सरकारले देशमा भएका निम्न वर्गका जनतालाई गुजारा गर्न गाह्रो हुने भन्दै पुर्ण रुपमा लकडाउने नलगाउने बताएका थिए । पाकिस्तानले अहिले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री खन्य देशहरुमा पनि बेच्न थालेको छ ।

पाकिस्तानमा अहिलेसम्म ३ लाख १२ हजार भन्दा कोरोना संक्रमित भैसक्दा २ लाख ९६ हजार भन्दा धेरै निको भैसकेका छन् । जानकारी अनुसार पाकिस्तानमा कोरोना महामारीले ६ हजार ४०० भन्दा धेरैको मृत्यु भैसकेको छ । पाकिस्तानमा अहिले ८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा ७४१ नयाँ संक्रमित फेला परेका छन् । अर्को तिर २४ घण्टामा ५४१ जना निको भए भने ५ जनाको मृत्यु भयो । २२ करोड भन्दा धेरै जनसंख्या भएको पाकिस्तानमा कुल ३५ लाख भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ ।

योपनि

लकडाउनपछि भारतले जारी गर्यो अनलक–५ : के नेपालमा पनि यस्तै होला ?

सम्बन्धित खबरहरु