कृष्णा यादब, वीरगञ्ज । वीरगञ्जको सीमावर्ती इनर्वामा बाट ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरी प्रमुखको टोलीले पक्राउ गरेको छ । नेपालमा छोह्डा, मरिच र केराउ को खपत भन्दा हजारौं गुणा बढी आयात भएको कारण नै तस्करी भईरहेकोले समयमा सरोकारवाला को ध्यान जान जरुरी छ।

महानगरपालिका १६ इनर्वास्थित सीमा नजिकै अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ७ हजार बोरा हरियो केराउ पक्राउ गरेको छ उक्त केराउ प्रीज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रा लि को रहेको र सो फर्म अधिकारीक रुपमा परवानिपुरमा गोदाम रहेको प्रहरीले जनाएको छ ।

भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमा नजिकै अवैध रुपले भण्डारण गरिएको ७ हजार बोरा हरियो केराउ नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ। प्रहरीले एउटा् ट्रयाक्टर पनि नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्याक्टरमा ४० क्विन्टल केराउ लोड गरिएको छ । खरिदकर्ता र बिक्रेता दुबैमा प्रिज्मले आफ्नै नाम उल्लेख गरेकोले शंका बढेको डिआईजी सिंहले बताएका छन।

उक्त केराउ राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भई रहेको डिआईजी धिरजप्रताप सिंहले बताएका छन। डिआईजी धिरजप्रताप सिंहको आदेशमा यति ठूलो तस्करी नियन्त्रण गरिएको बुझिएको छ ।

सम्बन्धित खबरहरु