काठमाडौं । गम्भीर प्रकरणमा संलग्न दुई जना पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाई भारतमा ब–लि दिन लैजाँदै गरेका दुई युवतीलाई सुनसरीबाट प्रहरीले उद्धार गरिएको छ । युवतीहरुलाई फकाएर ब–लि दिन लैजाँदै गरेको आरोपमा सुनसरीबाट प्रहरीले दुई जना जनालाई बुधबार पक्राउ गरेको हो ।

 

 

 

पक्राउ पर्नेमा सिरहाको लाहान नगरपालिका–१९ बस्ने ३२ वर्षीय विवस कुमार साह र कृष्णसवरण गाउँपालिका–४ बस्ने २९ वर्षीय महमद साहिल अन्सारी रहेका छन् । सप्तरीको दौलतपुर नगरपालिका–३ बस्ने १८ वर्षीया विपना चौधरी र शम्भुनाथ नगरपालिका–७ बस्ने २२ वर्षीया सुचिकला चौधरीको उद्धार गरिएको नेपाल–भारत सीमा भण्टाबारी बीओपीका प्रहरी निरीक्षक भुवन खड्काले बताउनुभयो ।

 

 

 

खड्काका अनुसार चौधरीद्वयलाई भारतको कुनै ठाउँमा बाबाजीले गर्ने पूजामा ब–लि दिन लैजाँदै गरेको अवस्थामा उद्धार र दुई जना युवकहरुलाई पक्राउ गरिएको हो । युवतीहरुलाई लिएर उनीहरु सुनसरीको कोशी गाउँपालिका–८ पूर्वीटोल र भारतीय सीमा क्षेत्र सुपौलको भीमनगर ग्राम पञ्चायत–१२ मा पर्ने बोर्डर पार गर्न लागेका बेला दुबै तर्फका सीमा सुरक्षामा खटिएका प्रहरीले रोकेर चेकजाँज गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

 

 

घट्नामा प्रमुख योजनाकार समेत रहेका गिरोहका नाइके मन्सुरी रहेको पनि प्रहरीले जनाएको छ । दुबै तर्फका प्रहरीले सीमामा सोधपुछ गर्दा साह र मन्सुरीले भारतको मन्दिरमा बाबाजीको पूजा भइरहेकाले दर्शन गराउन युवतीलाई लगेको बयान दिएका छन् । प्रहरीलाई शंका लागेपछि प्रारम्भिक अनुसन्धान गर्दा युवतीहरुलाई विभिन्न प्रलोभन देखाएर ब–लि दिन लैजान लागेको रहस्य खुलेको छ ।

 

 

 

धार्मिक अन्धविश्वासको कारण भारतमा मा–नव ब–लि दिने चलन कायमै रहेकाले अविवाहित र कुनै पु–रुषसँग सं–स–र्ग नगरेको युवतीको खोजी गर्दै भारतीय गिरोहले आर्थिक लोभ देखाएर नेपाली नागरिकलाई नै परिचालन गरेको अनुसन्धानमा खुलेको छ । उनीहरुले प्रयोग गरेको मोबाइलबाट कल डिटेल निकालेपछि यु–वतीको ब–लि दिन खोज्ने भारतीय गिरोहसम्मको सञ्जाल फेला पार्न सकिने प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु