काठमाडौं । सामान्य विवादमा एक जनाको ज्यान लिइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मिना राईको ज्यान लिइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र कार्कीका अनुसार चटपटेको विषयमा भएको सामान्य विवादमा ती बालिकाको ज्यान लिइएको हो ।

 

 

 

घटनामा संलग्न स्थानीय १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न बालकको उमेर सानै भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन । घटना विवरण अनुसार मृतक बालिकाकी अभिभावक छोरीलाई घरैमा राखेर नजिकैको छिमेकीको घरमा धामी बसेको हेर्न गएको बेला चटपटे किन्न आएका बालकसँग विवाद भएको थियो ।

 

 

 

डीएसपी कार्कीले घट्ना शनिबार रातिको भएको जानकारी दिनुभयो । चटपटे किन्न आएका बालिकाले रातको समय भएकाले चटपटे नभएको बताएपछि भनाभन भएको र १६ वर्षीय बालकले मिनाको टा'उ'कोमा बो'त'लले हा'ने'का थिए । टा'उ'को'मा बो'त'ल हा'ने'पछि भे'ष्ट र रु'मा'लले घाँ'टी'मा क'से'र ज्या'न लिएका हुन् । बालिकाको ज्या'न लि'एर आफ्नै घरमा गएर सुतेको बयान दिएका छन् ।

 

 

 

प्रहरीका अनुसार मिनाका अभिभावक आइतबार बिहान २ बजे घर आएपछि मात्र छोरी मिनालाई मृत अवस्थामा फेला पारेका थिए । राति नै मिनाका अभिभावकले सूचना दिएपछि घट्ना स्थलमा प्रहरी टोली पुगेको थियो । मृत बालिकाको लाश शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट लैला नामको कुकुर सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो ।

 

योपनि

https://www.janaboli.com/post/298566

 

सम्बन्धित खबरहरु