काठमाडौं । पूर्वअर्थमन्त्रीलाई सरकारले अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । यसै सरकारमा अर्थमन्त्री रहेका डा.युवराज खतिवडालाई राजदुतमा नियुक्त गर्ने सिफारिस गरेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको जानकारी दिइएको छ । अर्कोतिर मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको खुल्न आएको छ ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको छ । सरकारले मुख्यसचिवमा भने आजै मन्त्रिपरिषदले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सम्बन्धित खबरहरु