कठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उन समय समयमा चर्चामा आइरहेका हुन्छन् । उनी आफूले दिने गरेका बयान र तस्वीरका कारण समय समयमा चर्चामा आइरहेका हुन्छन् । सिधासिधा अमेरिकालाई चुनौती दिनसक्ने क्षमता भएका किम जोङ उनका हालैमात्र केही तस्विरहरु त्यहाँका स्थानीय मिडियाहरुले सार्वजनिक गरेका छन् ।
उनलाई खेतमा हिडिराखेको देख्न सकिन्छ । उत्तर कोरियाको सरकारी मिडियाले जनाए अनुसार किम किम्वा काउन्टीमा, काङ्गो प्रान्तमा किसानका खेत निरीक्षण गर्न निस्केका छन् । उनी तस्विरमा देखिएनुसार एकदम सामान्य तरिकाले गएका छन् । सामान्य रुपमा हेर्दा नेपालमा हामीले भीभीआईपीहरुको यात्राहरुमा यस्तो दृश्य देख्न पाइरहेका हुँदैनौँ । यो तस्विर कहिलेको हो भन्ने कुरा खुलेको छैन ।
Field day.
North Korean state media releases a photo showing leader Kim Jong Un inspecting a farm in Kimhwa County, Kangwon province
📸 KCNA vai KNS / AFP pic.twitter.com/FKV1WhKCQ2
— AFP news agency (@AFP) October 2, 2020