आइची जापान। नेपाली राजदुताबासको सक्रियतामा मध्ये जापानको औधोगिक शहर नागोयामा नेपाल कल्चर एक्सचेन्ज (नेपाली गाउँ) बनेको छ । नागोयाको नोनामी चो स्थित बनेको उक्त नेपाली गाउँको भवन मध्ये एक भवनको तल्लो तल्लामा सभा भवन र दोश्रो तल्लामा नेपालको हिमाल, पहाड देखि तराई सम्मका मानिसहरुले प्राचिनकालमा प्रयोग गर्दै आएको ऐतिहासिक हातहतियार, हसिया कुटो कोदालो तथा हस्तकलाका सामानहरु, नेपाली परम्परा र संस्कृति झल्कने खालका विभिन्न पोशाकहरु लगाएतका विभिन्न ऐतिहासिक सर सामान हरुको संग्रहालय छ ।

 

 

उक्त संग्रहालयमा राखिएको प्रवेश शुल्क बाट भएको आम्दानिले नेपालमा दैविप्रकोप बाट पिडित हरुलाई राहत स्वरुप प्रदान गर्ने भएको छ।

 

उक्त नेपाली गाउँको संरक्षकमा जापानी नागरिक नोबू ताकाओका हुनुहुन्छ । त्यहाँ हरेक बर्ष अप्रिल महिनाको पहिलो र दोश्रो हप्ता नेपाली मेला लाग्ने गर्दछ । त्यही छेउमा नेपाली गाउँ भन्ने सानो सहर बनेको छ । त्यहाँ धेरै नेपालीहरुको जमघट हुन्छ । त्यहाँका जापानीहरुले त्यो ठाउँलाई नेपाल नै भन्ने गरेका छन् । अहिले यो ठाउँ नेपाल नामक जापनको एक गाउँको रुपमा चिनिन्छ ।

 

 

 

सम्बन्धित खबरहरु