yuva-sangh

नेकपा एमाले निकट युवा संघ नेपालले माघ ८ गते भित्रै संविधान निमार्ण गर्नुपर्ने दवाव स्वरुप शनिबार अर्ध नग्न जुलुस प्रदर्शन गर्ने भएको छ ।

जनतासँग गरेको प्रतिवद्धता पुरा नगरे संविधान सभा सदस्यहरु जनतासँग नङ्गिने छन् भन्ने संकेत गर्दै जुलुस प्रदर्शन गर्न लागिएको प्रवक्ता प्रभात विक्रम कटुवालले जानकारी दिएका छन् ।

युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरबाट दिँउसो १ बजे सुरु भएको जुलुस संविधान सभा भवन आस-पास आएर कोण सभामा परिणत हुनेछ ।

अधिकांश दलहरुले निर्वाचनमा जारी गरिएको घोषणपत्रमा माघ ८ गते भित्र नै संविधान जारी गरिने प्रतिवद्धता गरेका कारण तोकिएको समयमा संविधान निमार्ण गरिनुपर्ने युवा संघले दवाव दिँदै आएको छ ।

सम्बन्धित खबरहरु