रासस / एनआई । नागार्नो–काराबाख क्षेत्रमा जारी ल'डाईँका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो ।

 

 

तर सो देशले उक्त क्षेत्रमा शुरु भएको ल'डाईँका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको यो पछिल्लो जानकारी आएको हो । स्वघोषित रिपब्लिक अफ आर्तसाखका राष्ट्रपतिका प्रेस सचिवले शनिबार जानकारी गराउनुभएको छ ।

 

 

 

आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिन अघिदेखि भि'षण सै'निक का'रबाही शुरु गरेको हो ।विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली वि'द्रो'हीबीच जारी ल'डाईँ रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्ति मै असर पार्ने उनीहरुको अनुमान छ ।

 

 

आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजानको सेनाले शक्तिशाली ह'तिया'रको प्रयोग गरेर वि'द्रोहीका आश्रयस्थलमा ल'डाईँ गरिरहेको जनाएका छन् । तर उता अजरबैजानको रक्षा मन्त्रालयले भने टार्टर शहरमा पृथकतावादी वि'द्रोहीहरुले सर्वसाधारणमाथि ल'डाईँ गरिरहेको आरोप लगाएको छ ।

 

 

अजरबैजानका तीन हजारभन्दा बढी सेनाको मृत्यु भएका र तीमध्ये कतिपय त मध्यस्थ क्षेत्रमा अहिले पनि रहेका र उनीहरुलाई कतै पनि नलगिएको प्रेस सचिव भागराम पोगसिमले आफ्नो फेसबुक पेजमा लेख्नुभएको बताइएको छ ।

 

 

 

सम्बन्धित खबरहरु