काठमाडौ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्सिटसम्बन्धी सम्झौता हुनेमा आफू ‘आशावादी’ भएको बताउनुभएको छ । यूरोपेली संघ (ईयू) प्रमुख उर्सुला भोन डेर लेयेनसँग शनिबार वार्ताको तयारी भइरहेका समय उहाँको यो भनाइ आएको हो ।

 

 

जोनसनले बेलायती देनिक पत्रिका टेलिग्राफलाई भन्नुभयो, “सम्झौता बिना नै बाहिरिने सम्भावनाबाट जोगिन यदि सबैले विवेक प्रयोग गर्दा सहमति बन्न सक्छ । बेलायतको तर्फबाट आफू सम्झौता हुनेमा विश्वस्त रहेको उहाँको धारणा थियो ।

 

 

 

 

बेलायत र ईयूका वार्ताकर्ताहरूले भने शुक्रबारको व्यापार वार्ता प्रमुख क्षेत्रहरुमा गतिरोध बन्न गएको र यस वर्षको अन्त्यमा ‘नो डिल’ हुनबाट जोगिनको लागि लन्डनले ब्रसेल्सलाई आग्रह गरेको बताइएको छ ।

 

 

 

सम्बन्धित खबरहरु