मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि अनुसन्धान शुरू भयो । बलिउडमा ला'गुप'दा'र्थको प्रयोगलाई लिएर नयाँ खुलासा हुँदैछ । सुशान्तको मृत्यु भएदेखि बलिउडको बारेमा भारतीय दर्शकहरूमा धेरै क्रोध देखिएको छ ।

 

 

भारतीय दर्शकहरु बलिउड फिल्महरू नै बहिष्कार गर्नुपर्छ भन्ने निर्णयमा पुगेका छन् । यस्तो अवस्थामा बलिउडका चर्चित अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा यसबारेमा एक भिडियो साझा गरेका छन् । अक्षयले आफ्नो भिडियोमा बलिउडमा ला'गु'पदा'र्थको समस्या रहेको कुरा स्विकार गरेका छन् ।

 

 

यस कुरालाई इन्कार गर्ने ठाउँ नभएको बताउँदै उनले सिंगो उद्योगलाई यसमा ल्याउन नहुने भएका छन् । केही व्यक्तिहरुका कारण बलिउड उद्योगलाई नै बन्द गर्नुपर्छ भन्नेजस्ता कुराहरु नगर्न सबैसँग अनुरोध गरेका छन् । ना'र'को'टि'क्‍'स नियन्त्रण ब्यूरो (एनसीबी) अनुसन्धानले धेरै ठूला कलाकारको नाम लिएपछि अक्षयको यस्तो धारणा आएको हो ।

 

 

 

अक्षय कुमारले आफ्नो भिडियोको सुरूमा भने, ‘आज म तपाईसँग गाह्रो मनका साथ कुरा गर्दैछु । पछिल्ला केही हप्ताहरूमा धेरै कुरा मेरो दिमागमा आएको छन्, तर म चारै तिर यति नकारात्मकता बुझ्दिन, के भन्ने, कसलाई बोल्ने र कति बोल्ने ? हामी स्टार कहलाइए पनि, दर्शकहरुको प्रेमले बलिउड बनायौ । हामी केवल एक उद्योग मात्र होइनौं, हामीले आफ्नो संस्कृति, हाम्रा मूल्यमान्यताहरू फिल्मको माध्यमबाट संसारको हरेक कुनामा लगेका छौं ।

 

 

जहिले पनि यो हाम्रो देशको व्यक्तिको भावनामा आउँदछ, तपाईले जे महसुस गर्नुहुन्छ, सिनेमाले यसलाई देखाउने प्रयास गर्यो । यो क्रोधित जवान मानिसको क्रोध हो वा भ्रष्टाचार, गरीबी, बेरोजगारी, सिनेमाले हरेक विषयलाई आफ्नै तरिकाले देखाउने प्रयास गरेको छ । यदि आज तपाईंको भावनामा रीस छ भने त्यो क्रोध हाम्रो टाउकोमा पनि छ।’

 

 

https://twitter.com/akshaykumar/status/1312359749724196866

 

अक्षय कुमार यतिमा रोकिएनन् । उनले भिडियोमा थप्दै भनेका छन्, ‘सुशान्त सिंह राजपूतको मृत्यु भएदेखि यता धेरै विषयहरु बाहिर आएका छन्, जसले हामीलाई तपाईलाई जस्तो कष्ट दिएको छ । यी मुद्दाहरूले हामीलाई हाम्रो मर्यादा बुझ्न बाध्य तुल्याएका छ र हाम्रो फिल्म उद्योगमा त्यस्ता धेरै त्रुटिहरू देखा परेका छन् जसलाई ध्यान दिन आवश्यक छ ।

 

 

जस्तै, आजकाल ला'गूप'दा'र्थको बारेमा कुरा भइरहेको छ । म तपाईंसँग आज कसरी झूट बोल्न सक्छु कि यो समस्या अवस्थित छैन ? पक्कै छ । जस्तो यो प्रत्येक उद्योगमा हुन्छ, तर हरेक उद्योगका प्रत्येक व्यक्ति समस्यामा समावेश छैनन् ।

 

 

ला'गू''प'दा'र्थ एक कानुनी मामिला हो र म पक्का छु कि हाम्रो अन्वेषण एजेन्सीहरूले गर्ने सबै अनुसन्धान बिल्कुल सही हुनेछ र मलाई यो पनि थाहा छ कि फिल्म उद्योगका प्रत्येक व्यक्तिले उनीहरूलाई पूर्ण रूपमा मद्दत गर्नेछन् । तर हात जोडेर भन्छु, यो नगर्नुहोस् कि सम्पूर्ण उद्योग नै बदनाम उद्योग हो । यो गलत हो ।’

 

 

अक्षय कुमारले सञ्चारमाध्यमहरुको शक्तिमा विश्वास व्यक्त गर्दै आफ्नो आवाज उठाउनु पर्ने तर संवेदनशीलता देखाउनु पर्नेमा सबैको ध्यान पुर्याएका छन् । सञ्चारमाध्यमहरुमा आएको एउटा नकारात्मक समाचारले कुनै व्यक्तिको वर्षको कमाई र जीवन बिगार्न सक्ने कुरामा उनी विश्वास गर्छन ।

 

 

 

सम्बन्धित खबरहरु