काठमाडौं । प्रदेश १ को नाम सगरमाथा रहने भएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई टेलिफोन गरी प्रदेश १ को नाम सगरमाथा राख्न ठाडो आदेश दिएका हुन्। ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा वालुवाटारले प्रदेश १ को नाम सगरमाथा राख्न निर्देशन दिएको बुझिएको छ ।

 

 

 

यस अघि शुक्रबारमात्रै प्रदेश ५ को नाम ओली र प्रचण्डले नै लुम्बीनी र राजधानी दाङको देउखुरी राख्न निर्देशन दिएका थिए। सोही अनुसार प्रदेशसभामा प्रस्ताव पेश भएको छ। यसको कतै स्वागत र कतै विरोध भइरहेको छ।

 

 

 

मन्त्रिमण्डल विस्तारमा सहमति नजुटेको भन्ने ओली प्रचण्डले प्रदेशको राजधानी र केन्द्र तोक्ने विषयमा भने धमाधम सहमति गरिरहेका छन्। उनीहरुले प्रदेश २ बाहेक अन्य प्रदेशको नाम र राजधानी धमाधम टुंग्याउने रणनीतिका साथ अघि बढिरहेका छन्। राजधानीका बोरमा भने ठोस सहमति भएको छैन ।

 

 

 

सम्बन्धित खबरहरु