काठमाडौ । सामाजिक सञ्जाल हेर्ने हो भने अहिले नेपाली समाजमा मानवता रित्तिदै गएको प्रष्ट छ । केही कुरामा चित्त नबुझेको हुँदो हो, केही अप्ठ्यारो पक्कै भएकै होला । तर शत्रुलाईपनि दु:ख बिराम लाग्यो भने ठिक्क पर्यो नभन्नु भन्ने नेपाली युक्ति अहिले कहाँ गयो ? मानिस किन यति धेरै छाडा बन्दै गए ।

मानविय संवेदना किन यति धेरै संकटमा पर्यो । अब सबैले नसोच्ने हो भने हाम्रो समाज कता तर्फ जान्छ भन्ने चिन्ता ती संवेदना हिन पोष्टबाट पक्कै लाग्छ । प्रधानमन्त्रीको किचेन क्याविटनमा रहेका केही पात्रहरुलाई शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो ।

उनीहरुले सामाजिक सञ्जालमा आफुहरु संक्रमित भएको र आफ्नो सम्पर्कमा रहेकाले स्वास्थ्य सजकता अपनाउँन भन्दै सामाजिक सञ्जालमा पोष्ट गरे । उक्त पोष्टमा मिनेटभरीमा नै सयौँ कमेण्ट आउँन थाले । उनीहरुको पोष्टलाई स्क्रिन सर्ट गरेर आफ्ना सामाजिक सञ्जालमा पोष्ट हुन थाले । कसैले उनीहरुकै पोष्ट सेयर गरे । पोष्टमा कसैले खिसिट्यूरी गरे । कसैले संवेदना प्रकट गर्दै स्वास्थ्य लाभको कामना गरे ।

कसैले मानवीय संवेदना नै भूलेर हार्दिक श्रद्धाञ्जली (रिप) लेख्न पाउँ सम्म लेखे । सामान्य नागरिक मात्र को त के कुरा गरौँ । फेसबुक पोष्टमा केही चिकित्सक, डाक्टर, प्राध्यापकले समेत उनीहरुको पोष्टमा रिप लेख्न पाउँ भन्दै कमेण्ट लेखे ।

हामी त्यो देखेर चकित बन्यौँ । आखिर सल्लाहकार, नीजि सचिव, स्वकीय सचिवले मात्र सत्ताको जागिर खाएर के बिगारे ? जब कि तपाई मानविय संवेदनलाई समेत ख्याल नगरी यति धेरै रिस व्यक्त गरिरहनु भएको छ । के तपाईहरुमा मानवियता रित्तिदै गएको हो ? त्यस्तो लेख्नेहरुलाई हाम्रो तर्फबाट कमेण्ट ।

यस्ता केही पात्रलाई कारबाही गर्न किन डराउने सरकार ? केही कुहिएका आलु फाल्दा अरु आलु कुहिदैन भने किन आँट नगर्ने । जनताका जनप्रतिनिधिले बनाएको कानून यहाँ किन आकर्षित नहुने । केहीलाई कारबाही गरे अरु सचेत हुने थिए की ।

सम्बन्धित खबरहरु