काठमाडौ । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाले आफ्ना केही तस्बिर सार्वजनिक गर्दै रंगभेद र रंगवादको विरोध गरेकी छन् । २० वर्षीया सुहानाले आफूलाई १२ वर्षको उमेरदेखि नै हेर्ने तरिकाप्रति आपत्ति जनाएकी छन् ।

 

 

उनले यस्तो दृष्टिकोणबाट आफू निराश बनेको बताइन् । साथै आफ्ना तस्बिरमाथि आउने गरेका प्रतिक्रियाबारे उनले दुखी बनेको पनि बताइन् । सुहानाले आफ्नो छालाको कालो रंगकै कारण कुरुप भन्दै कमेन्ट गर्नेहरुप्रति आपत्ति जनाएकी थिइन् ।

 

 

 

सामाजिक सञ्जालमा सुहानाले तस्बिर सार्वजनिक गर्दा उनलाई ‘काली बोक्सी’, ‘काली बिराली’, जस्ता कमेन्ट आउने गरेका थिए । सुहानाले ती कमेन्टलाई आफ्नो रंगका आधारमा आफूप्रति हेर्ने दृष्टिकोणमाथि प्रश्न उठाएकी हुन् । सुहानाले आफ्नो बाहिरी आवरण र छालाको रंग हेरेरै गलत प्रतिक्रिया गर्नेप्रति आपत्ति जनाएकी थिइन् ।

 

 

सुहानाले भनेकी छन्, ‘जब म १२ वर्षकी थिएँ, मेरो छालाको रंगको कारण म कुरुप छु भनेर मलाई भनियो, पूरा वयष्क पुरुष र महिलाहरुबाटै । दुखद कुरा के भने हामी सबै भारतीय हौँ, जुन स्वभाविक रुपमा खैरो देखिन्छ । हो हामी विभिन्न रंगका छौँ । तर जे भए पनि तपाईँले आफूलाई अस्वेतबाट कति टाढा राख्न सक्नुभयो भन्ने कुराले खासै मतलब राख्दैन, तपाईँले सक्नुहुन्न ।

 

 

तपाईँले आफ्नै मान्छेहरुलाई घृणा गर्नु भनेको पीडादायी रुपमा असुरक्षित हुनु हो । मलाई माफ गर्नूस् कि, सोसल मिडिया, इन्डियन समुदाय वा आफ्नै परिवारले तपाईँलाई विश्वस्त पारेको छ कि, यदी तपाईँ ५ फिट ७ इन्च अग्लो हुनुहुन्न भने तपाईँ सुन्दर हुनुहुन्न । मलाई आशा छ, तपाईँलाई यो कुरा थाहा पाउँदा सजिलो हुन्छ कि, म ५ फिट ३ इन्च र खैरो छु, र म यसबारे एकदमै खुसी छ । र तपाईँ पनि हुनुपर्छ ।’

 

 

सुहानाले इन्स्टाग्राम मार्फत यस्तो टिप्पणी गरेकी थिइन् । पछिल्लो समय बलिउडमा प्रवेश गर्ने तयारी गरिरहेकी सुहानाले चौतर्फी आएका टिप्पणीको जवाफ एकमुस्ट दिएकी हुन् । इंग्लयाण्डको अर्डिङली कलेजमा फिल्म पढेपछि सुहाना हालै न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत छिन् । साथै थ्योडोर गिमेनोको निर्देशनमा बनेको सर्ट फिल्ममा अभिनय गरेकी छन् ।

 

 

 

सम्बन्धित खबरहरु