काठमाडौ । त्रिभुवनविश्वविद्यालयले कोभिड १९ ले स्वास्थ्य,शिक्षा,अर्थतन्त्रएवम् समाजको विविधविधामापारेको असरहरुको वारेमा अनुसन्धानमुलक जर्नल प्रकाशित गरेको छ । त्रिवि सभाको बैठक लगत्तै आयोजित जर्नल विमोचनकार्यक्रमाशिक्षा विज्ञान तथाप्रविधीमन्त्री एवम् त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले उक्त जर्नलको अनलाइनप्रविधीको माध्यमवाट बिमोचन गर्नुभएको हो । त्रिवि अनुसन्धान केन्द्रद्धारा प्रकाशित उक्त जर्नलमा कोभिड १९का बारेका अनुसन्धानमुलक सामग्रीहरु उपलब्ध छन् ।

 

 

त्रिभुवनविश्वविद्यालयले कोभिड १९ को संक्रमणको जटिल परिस्थितिमा शैक्षिकएवम् जनस्वास्थ्यको क्षेत्रमा अग्रणी र नेतृत्वदायीभूमिकानिर्वाह गरेको छ। विश्वव्यापी जटिलताको विषम परिस्थितिमा विश्वविद्यालयले आफुलाई जिवन्त तुल्याई शैक्षिक एवम् स्वास्थ्यका क्षेत्रमाआफ्नो विज्ञताको प्रयोग गर्दै स्वास्थ्य सम्वन्धी अनुसन्धान,स्वास्थ्य सेवा,विज्ञ परामर्श,विद्युतीयमाध्यमको नीतिगत कार्यान्वयनगर्दै शिक्षण सिकाईलाई प्रविधीमैत्रीबनाउने कार्यमा नेतृत्वदायी भूमिकानिर्वाह गरेको छ । २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेलगत्तै त्रिभुवनविश्वविद्यालयका उपकुलपतिप्रा.डा धर्मकान्तबास्कोटाले सरकारलाई आधिकारिक पत्राचार गर्दै विश्वविद्यालयको भौतिक सम्पति,उपकरण,विज्ञजनशक्तिलाई कोेभिड १९ विरुद्धको प्रयोजनकालागीउपयोग गर्न सकिने संस्थागतजानकारी गराउनुभएको थियो ।

 

 

 

कोभिड १९ को संक्रमण विस्तारित हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले तत्काल निर्णय गरी आंगिक क्याम्पसहरुलाई क्यारेन्टाइन रआइसोलेसन केन्द्रको रुपमाप्रयोग गर्ने निर्णय गरेको थियो । यसैगरी त्रिविको विशेष अग्रसरतामा शिक्षण अस्पताल महाराजगञ्ज, कीर्तिपुर र सुर्खेतमा पिसिआर मेसिन जडान गरी स्वास्थ्य परिक्षण समेत गरिएको थियो । नेपाल सरकारसँगको समन्वयएवम् सहकार्यमात्रि.वि शिक्षण अस्पतालको हाडर्जोनी र नाक,कान, घाँटी वार्डलाई खाली गराई आइसियु सहितको कोभिड अस्पतालको रुपमा सेवाउपलब्ध गराउनपदाधिकारी सहितको पहलले समेत महत्वपूर्ण भूमिकानिर्वाह गरेको छ ।

 

 

कोडिड १९ विरुद्धको लडाईमा त्रिभवन विश्वविद्यालयका स्वास्थ्यकर्मी र कर्मचारीहरुले अग्रस्थानमा रही सेवाप्रदानगर्न सक्षम भएका छन । करिव २ सयजना स्वास्थ्यकर्मीहरु आफै संक्रमितभएरपनि स्वास्थ्यसेवामानिरन्तर क्रियाशिल रहेका छन् । साथै विश्वविद्यालयको स्वास्थ्य विज्ञहरुले देशभरी कोभिड १९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिकानिर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षितबनाउनयोगदानगरिरहेका छन् ।

 

 

त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणको चुनौतिपूर्ण परिस्थितिमा समेत शैक्षिक गतिविधीलाई जिवन्त राख्दै आफुलाई समयानुकुल परिवर्तनगर्न अध्ययन अध्यापनको वैकल्पिक विधि आत्मसात गरेको छ । सामाजिक दुरीको प्रयाग गरी घरवाटै कक्षालिने परिस्थितिको निर्माण गरी अनलाइनकक्षालाई व्यवस्थित गर्न एनआरइएन भन्ने संस्थासँग सहकार्यमा जुम प्रविधिको निशुल्क १७५ लाइसेन्स तत्काल उपलब्ध गराई शिक्षण सिकाई प्रारम्भ गरिएको छ । शिक्षाको अन्तराष्ट्रियकरणको महत्वपूर्ण उपलब्धीहरुबाटसिक्दै त्रिविले माइक्रोसफ्ट टिमसँग पाँचलाखलाइसेन्सलिएर शिक्षक, कर्मचारी र विद्यार्थीहरुको इमेल बनाई कक्षालाई थप व्यवस्थित गरेको छ ।

 

 

आधुनिक प्रविधिको माध्यमवाट शिक्षण सिकाई प्रक्रियामा जान नितिगत निर्णय गर्नुका साथै सूचना प्रविधीको पहुँचलाई सम्र्पूण क्याम्पस एवम् निकायहरुमा पुयाउन केन्द्रीय स्तरमा सूचना प्रविधि नवप्रवर्तन केन्द्रको स्थापना भएको छ । विश्वविद्यालयको सम्पूर्ण निकायहरुलाई एउटै डोमेन माव्यवस्थितगर्न सवै १३० भन्दा वढि निकायहरुको सवडोमेन निर्माण गर्ने कामले सफलताप्राप्तगरिसकेको छ । विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई प्रविधीमैत्री बनाई विद्युतीय माध्याममा सलग्नगर्न ५ हजार शिक्षक र ५ सयन्दा बढी कर्मचारीहरुलाई अनलाइनकक्षा सञ्चालनको तालिम उपलब्ध गराएको छ ।

 

 

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण शैक्षिक प्रशासनिक एवम् अनुसन्धान मुलक गतिबिधिका बारेमा त्रिविले उपलब्ध गराएको आधिकारिक इमेल मार्फत पत्रचार गरी सवैलाई विद्युतिय माध्यममा आवद्ध गराउने कामको शुरुवातभएको छ । अफिस अटोमेटस सफ्टवेयरको माध्यमवाट विश्वविद्यालयका आन्तरिक प्रशासनिक क्रियाकलापलाई अटोमेशनगर्ने काम अघि वढिरहेको छ । विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा प्रविधीको पहुँचलाई विस्तार गर्दै सवल,समक्ष बनाउन विश्वविद्यालय अनुदान अयोगको पहलमा प्राप्त रकमको पहिलो किस्ता सम्पूर्ण शैक्षिक निकायहरुलाई उपलब्ध गराइएको छ ।

 

 

कोभिड १९ को संक्रमणका कारण भौतिकदुरी कायम गरी स्वास्थ्य सम्वन्धी नेपाल सरकारद्धारा जारी आचारसंहिताहरु लाई कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा रहेको अनलाइन सामग्रीहरु विश्वविद्यालयका विद्यार्थी,शिक्षक र कर्मचारीहरुले आधिकारिक इमेलको प्रयोगगरी उपयोग गर्नसक्ने व्यवस्था गरिएको छ ।

 

 

कोभिड लगायत स्वास्थ्यसम्बन्धीअन्यविषयमा अनुसन्धानगर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद र त्रिभुवन विश्वविद्यालयबीच संझौताभई कार्य अगाडि बढेको छ । स्कुलअफ मेनेज्मेन्ट र श्रम तथा रोजगार मन्त्रालयको संयुक्त पहलमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारिता र संभावना विषयमा अनुसन्धान भएको छ ।

 

 

अर्थशास्त्र केन्द्रीयविभाग र नीति अनुसन्धान प्रतिष्ठानको संयुक्त पहलमा कोभिड १९को आर्थिक प्रभावको विषयमा अनुसन्धान भएको छ । त्रि.वि. अनुसन्धान केन्द्रबाट कोभिड विशेष जर्नल प्रकाशन भएको छ ।रिकाष्टबाट कोभिडविशेष जर्नलको रुपमा“आस्था जर्नल”प्रकाशनभएको छ ।विश्वविद्यालयका शिक्षक कर्मचारीलाई दिइने तालिमकाअतिरिक्त मानविकी तथा सामाजिकशास्त्र संकाय, संकट व्यवस्थापनकार्यक्रम, युएनडीपी र संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयको सहकार्यमा स्थानीयनिकायका८० निकायकाप्रमुख, उपप्रमुखलाई संकटकालमा नेतृत्व र निर्णय क्षमताविकाससम्बन्धीतालिम समेत सम्पन्नगरिसकेको छ ।

 

 

 

सम्बन्धित खबरहरु