काठमाडौं । देशकै सरकारी लगानीको ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगमा सवा करोड घोटाला भएको सार्बजकि भएको छ । हाइटेन्सन मोटर खरिद गर्दा उक्त रकम बराबरको घोटाला भएको हो ।

 

 

उद्योगमा रहेको उक्त मोटर विग्रिएर नयाँ खरिद गर्दा १ करोड १० लाखभन्दा बढी अनियमितता गरिएको उद्योगको उच्च स्रोतले जानकारी दिएको छ । सरकारी पूर्णस्वामित्वको उक्त उद्योगको घोटालाका सम्बन्धमा बिभागीय मन्त्री लेखराज भट्टलाई जानकारी गराइएको र मन्त्रीले यसप्रति छानविन गर्न निर्देशन समेत दिइसकेको बताइएको छ ।

 

 

उद्योगको निमित्त महाप्रबन्धकमा नवल किशोर शाह रहेका छन् । मोटर खरिद गर्न उनको बिशेष सक्रियता देखिएको थियो । उद्योगको विद्युत विभागका प्रमुख र खरिद विभागलाई विषेश दवाब दिएर ब्राण्ड फिक्स्ड गर्न उनि सफल भएको हुन । पहिलो पटक २०७६ श्रावणमा मोटर विग्रिएको थियो र उक्त मोटर उद्योगमा जगेडा समेत न रहेको अवस्थामा तत्काल बोलपत्र आव्हन गनूपर्नेमा ६ महिना पछि मात्र बोलपत्र आव्हन गरिएको छ ।

 

 

यसको कारण उक्त समय सम्म उत्पादकसंग मोल मलाई गरी ‘भेन्डर लकिङ्ग’ गर्न समय लागेको र फुजि ईलेक्ट्रिक कम्पनी र नेपाली ठेकेदार कम्पनीसँग साठगाँठ मिलेपछि मात्र बोलपत्र आव्हन भएको स्रोतको दाबी छ । त्यसैमा उद्योग ब्यबस्थापन र सप्लायर्स कम्पनीबिच सेटिङ भएको पनि उद्योग स्रोतले जानकारी दिएको छ ।

 

स्रोत भन्छ ‘मिलेमतो गरेर बोलपत्रमा उत्पादक कम्पनीमा फुजि इलेक्ट्रीक लि. जापानको उत्पादन मात्र हुनुपर्ने ब्यबस्था गरियो । फुजी जापानिज मोटर निर्माता कम्पनी हो ।’  यो खरिद ऐनको दफा ४ मा भएको ब्यवस्थाको सरासर बिपरित भएको स्रोतले जानकारी दिएको छ । यसरी ब्राण्ड फिक्स गरेर उद्योगका केही उच्च अधिकारीले सप्लायर्स कम्पनीबाट सवा करोड रुपैयाँ लिई भागबण्डा गरेको समेत स्रोतले दाबी छ ।

 

 

 

उद्योगमा भएको भ्रष्टाचारको पृष्ठभुमी
उद्योग व्यवस्थापनले कमिसनकै कारण दोहोरो मापदण्ड अपनाई खरिद प्रक्रिया अगाडि बढाएको थियो । उद्योगको बोलपत्र नं. ३–१÷०७७÷७७ मा फुजी मेक ः थ्री फेज इन्डक्सन मोटरको लागि (आइटम नं. २६२३) एसपी फ्यान मोटर–१ सेट भनि उल्लेख गरिएको छ । यो ब्यबस्थाले बजारमा सस्ता, राम्रा र अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धी ब्राण्ड धेरै हुँदा पनि फुजिको बाहेक अन्य कम्पनीको मोटर खरिद गर्न सकिदैन ।

 

 

यसले बिबाद सिर्जना भई उद्योग ब्यबस्थापनमाथि अनियमितताको आरोप लाग्यो । यसबाट बच्न ब्यबस्थापनले पुनः बोलपत्र आब्हान ग¥यो । जसमा पहिलोभन्दा भिन्न जस्तो देखाइएको थियो । यसपटक ब्राण्ड उत्पादक उल्लेख नगरी बोलपत्र आव्हन गरिएको थियो । स्रोतका अनुसार दोस्रो पटकको बोलपत्रमा ब्राण्ड वा उत्पादक खुल्ला नगरी सानो मोटर तथा अति आवश्यक मोटरमा एक मात्र उत्पादक कम्पनीको नाम उल्लेख गरी उत्पादक तथा बोलपत्रदाता र आपसी लेनदेनको रकम पुर्व तय गरी भेन्डर लकिङ्ग भएको गरियो ।

 

 

यसरी निश्चित उत्पादनको ब्राण्ड÷म्यानुफ्याक्चर फिक्सड गरी १ करोड ८० लाख भन्दा बढी मूल्य कायम गरी खरिद सम्झौता खरिद गरिएको छ । यसले गर्दा १ करोड १० लाखभन्दा बढी रकम भ्रष्ट्राचार भएको उद्योग स्रोतले दाबी गरेको छ ।

 

 

मोटरको मूल्य, मोटरको आवश्यकता र कम्पनी तोकि गरिएको समग्र खरिद प्रक्रियालाई छल्न र चर्चाको विषय भन्दा बाहिर लगेर मोटरको अपरिहार्यतालाई मुल बस्तु बनाउन चलिरहेको मोटरलाई गत असारमा विगारिएको पनि स्रोतले जानकारी दिएको छ । १ पटक मर्मत गरेको मोटर लगभग ७–१० बर्ष सम्म चल्छ तर उदयपुर सिमेन्टमा १ बर्ष मै विग्रिएको छ, २०७६ असार मै २३०० किलो वाटको मोटर (उदयपुरको भन्दा ५ गुण ठुलो) हेटैडा सिमेन्ट उद्योगले मर्मत गराएको थियो जुन राम्रोसंग चलिरहेको छ ।

 

 

पहिलो पटकको मर्मत खर्च रु. ३० लाख र दोस्रो पटकको खर्च ३० गरि ६० लाख मर्मत खर्च भै सकेको छ तर पहिलो पटक नै फुजि वा सो सहरका उत्पादक तथा ब्राण्डहरुलाई समेत बोलपत्रमा सहभागि हुने अवसर दिएको भए ६० लाखमा नयाँ मोटर नै उपलब्ध हुने थियो । त्यसरी हालको १ करोड ८५ लाख बचत हुने तथ्यले देखाउँछ ।

 

 

व्यवस्थापकीय नेतृत्वको कमजोरीका कारण उद्योगको ७५ करोड भन्दा अधिक नोक्सान भएको, पुरानो ब्यावस्थानले राम्रो मुनाफामा लगेपनि नवल किशोर साहको नेतृत्वमा उद्योग दोस्रो पटक चरम घाटामा पुगेको छ । नवल किशोर साह यस अधि २०७२ मा पनि १ बर्ष निमित्त महा प्रबन्धक भै सकेका छन र त्यस बेला पनि उद्योग यसरि नै उद्योग २५ करोड भन्दा धेरै घाटा भएको थियो जस्को दस्तावेजिकरण समेत भएको उद्योगका एक कर्मचारीले जानकारी दिए ।

 

 

यसरी उद्योग व्यवस्थापनले अव्यवहारिक निर्णय लिंदा उद्योगमा भएको घाटा प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत हप्तादेखि अनुसन्धान समेत थालेको समेत स्रोतले जानकारी दिएको छ । अख्तियारले यो प्रकरणका दोषीलाई कस्तो कारवाही गर्ला प्रतिक्षाको विषय भएको छ ।

 

 

 

सम्बन्धित खबरहरु