काठमाडौ । चेन्नई सुपर किङ्सले आइपिएल उत्कृष्ट पुनरागमन गरेको छ। यूएईमा जारी १३औं संस्करणको आइपिएलमा दोस्रो जित निकालेको चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ। आइतबार राति दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। ​

 

 

चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे। पहिलो विकेटका लागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे। प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे। वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे।

 

 

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। पन्जाबको लागि कप्तान केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। निकोलस पुरन ३३ रन जोड्दा आउट भए। यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए।

 

 

सर्फराज खान १४ रनमा अविजित रहदा गले म्याक्सवेल ११ रनमा अविजित रहे। चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए। रविन्द्र जडेजा र पियुस चावालाले एक एक विकेट लिए।

 

 

 

सम्बन्धित खबरहरु