अकल्यान्ड, १९ असोज (रासस–एएनआई) न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले न्यूजील्यान्डको अकल्यान्डमा कोरोनाभाइरस संक्रमण दरमा उल्लेखनीय रुपमा सुधार आएको भन्दै निषेधाज्ञाहरु खुकुलो बनाइएको घोषणा गर्नु भएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डले कोरोनाभाइरसलाई फेरि पनि परास्त गरेको बताउनुभयो । उहाँले कोरोना संक्रमण बढेलगत्तै अकल्यान्डमा लगाइएका निषेधाज्ञाहरु यसै साताबाट खुकुलो बनाइने जानकारी दिनुभयो ।

प्रधानमन्त्री आर्डेनले विगत १२ दिनदेखि अकल्यान्ड शहरमा नयाँ रोगी नदेखिएको पनि बताउनुभयो । सेप्टेम्बरको अन्त्यमा आर्डेनले न्यूजील्यान्डमा कोरोना संक्रमण देखिएको भन्दै प्रतिबन्धहरु घोषणा गर्नु भएको थियो । न्यूजील्यान्डका स्वास्थ्य मन्त्रीले विगत २४ घण्टाको अवधिमा एक व्यक्तिमा मात्र कोरोनाभाइरस संक्रमण देखिएको बताउनुभयो । देशभित्र हाल ४० जना संक्रिय संक्रमित छन् ।

सम्बन्धित खबरहरु