काठमाडौ । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ ।

 

 

ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्नुहोस्, सिक्नुहोस् र सृजना गर्नुहोस् । यसका लागि दुई दिनसम्म टिक्ने ब्याट्री लाइफलाई आभार, जहाँ तपाईंले आफ्नो लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतान्त्र रुपले मज्जा लिन सक्नुहुन्छ ।

 

 

आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथ तपाईंले सहज पहुँच र थप सुरक्षाको लाभ लिन सक्नुहुन्छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

 

 

एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट
कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ले तपाईलाई अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिन्छ । पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ तपाईंको रचनात्मकता बाहिर ल्याउनुहोस् । नयाँ पोट्रेट इडिटरका साथ तपाईंले तस्वीरहरु खिचेको लामो समय पछि पनि तत्काल शेयर गर्न योग्य बनाउन र अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न सक्नुहुन्छ ।

 

६.५ इन्चको स्क्रीनमा हेनुहोस्, सिक्नुहोस् र सृजना र दिर्घकालिन मनोरञ्जनको आनन्द लिनुहोस्
सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनलाई अधिकतम बनाउँछ, जसले आफ्नो लोकप्रिय शो मा डुब्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ ।

 

 

यसका साथै, तपाईंले नोकिया २ दायराबाट अपेक्षा गर्नुभएको दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहदैं, नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ, यसका लागि एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीलाई आभार जसले गर्दा तपाईंले धेरै समय फोनलाई होइन आफुलाई रिचार्ज गर्नका लागि बिताउन सक्नुहुन्छ । यसले तपाईंले कुन एप बढि प्रयोग गर्नुहुन्छ भन्ने थाहा पाउँछ र यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकि तपाईंले आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सक्नुहुन्छ ।

 

 

फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित
नोकिया २.४ ले आधुनिक आवश्यक चीजहरु ल्याउँदछ, जस्तै सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ तपाईको उपकरणमा छिटो र सजीलो पहुँच गर्न तपाईले आफ्नो फोन कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा बहुउपयोगिता प्रदान गर्दछ । यसको फिनिश रुटहरूमा अटल रहँदै, नोकिया २.४ टिकाऊ डिजाइनमा आउँछ जुन केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ ।

 

 

थ्रीडी न्यानो—टेक्स्चर्ड कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ । साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले तपाईंको फोनमा दृढता मिल्छ र तपाईंले नोकिया फोनबाट अपेक्षा गर्नुहुने आरामदायक महसुस गराउँदछ ।

 

एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोनबाट लाभ लिनुहोस्

नोकिया २.४ ले तपाईंलाई एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्दछ । एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तपाईले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको मज्जा सुनिश्चित गर्दछ, ताकि तपाई आफ्नो फोनबाट अधिक समयको धेरै पाउन सक्नुहन्छ । साथै, आवाज वा समर्पित बटन द्वारा सक्रिय गुगल एसिस्टेन्टको सहयोगबाट जानकारी पहुँच गर्न अझ सजिलो छ ।

 

 

मूल्य र उपलब्धता
नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२जीबी रोमका साथ आउँदछ । नोकिया २.४ अब नेपाली बजारमा रु.१४,५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।

 

 

आधिकारी वितरक
नेपालका लागि नोकिया फोन को आधिकारी वितरक टेलि टक रहेको छ ।

 

 

  • इमर्सिभ, ठुलो एचडी प्लस स्क्रीन
  • सिरिजमै पहिलो डुअल क्यामेरा भएको, नाइट मोडका साथ अध्यारोमा पनि विस्तृत विवरण खिच्ने र खिचिसकेपछि पनि पुनःकेन्द्रित बोकेह
  • ३ वर्षसम्मको सक्युरिटी अपडेट र दुई वर्षसम्मको एन्ड्रेइड ओएस सफ्टवेयर अप्ग्रेडहरु जसले ब्राण्डबाट तपाईंले विश्वास गर्न सक्ने उत्कृष्ट मुल्य प्रस्ताव गर्दछ
  • फिनिश प्रेरित प्रिमियम जोंडिक डिजाइन र नयाँ आधुनिक रंग, डस्क को सुविधा

सम्बन्धित खबरहरु