काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराउनु भएको छ । सोमबार आचार्य र उहाँकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराउनु भएको थियो ।

आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताउनु भएको छ । आर्चायले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गर्नुभएको छ । आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैसँग अपिल गर्नुभएको छ ।

सम्बन्धित खबरहरु