आजको राशिफल बि.सं.२०७७ साल असोज २१ गते बुधबार ई. सं. २०२० अक्टुवर ७, नेपाल सम्बत ११४० अनालागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण पञ्चमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, व्यतिपात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः०० बजे, सूर्यास्त साँझ ५ ः ४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । । आज कुनैपनि महत्वपूर्ण कार्यवा दिवश परेको छैन । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५९ मिनेट देखि ८ बजेर ५६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

 

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । त्यसैले बढी आशावादी बन्नु हुँदैन । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने दिन हो । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइने छ । ठूलाबडाको साथसहयोग पाइने छ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन । परोपकारी काममा आकर्षण बढ्ने छ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । सकेसम्म घरपरिवार र प्रेमसम्बन्धमा समय दिन सकेको जाति हुन्छ । बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुनेछ । सँगीसाथी र परिवारका सदस्यले समय दिन सक्दैनन । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । बेलुका चन्द्रमाले आठौं भावमा प्रवेश गरेपछि समयमा अझ आफ्नो पकड रहने छैन ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)चिन्तन र उपाय महत्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ । सन्तति वा भाइबहिनीका समस्यामा खट्ने बेला आएको छ । लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

सम्बन्धित खबरहरु