सिट्रस नेपालमा उत्पादन क्षेत्र , उत्पादकता र निर्यात क्षमताको हीसाबले नेपालको एक महत्त्वपूर्ण फलफूल बाली हो । नेपालको 550-1300 मी सम्म उत्पादन गर्न सकिने सिट्रस नेपालको पहाडी र तराई जिल्लाको एक मुख्य फलफूल हो।

नेपालको पहाडी भेगका 40 जिल्ला अनी तराईका 3 जील्लामा सिट्रसको व्यवसायिक खेती गरिएको पाहिन्छ। कुल फलफूल उत्पादनको 37 % सिट्रसले योगदान दिने गर्छ भने कुल फलफूल उत्पादन क्षेत्रको 32 % मा सिट्रस लगाईन्छ ।
पौष्टिक हिसाबले निकै नै लाभदायक मानिने सिट्रस एक उच्च निर्यात क्षमता भएको फलफूल बाली हो। नेपालमा उत्पादन हुने सुन्तला जातका फलफूल मद्दे मन्डारिन , जुनार , कागती , अमिलो अनी सुन्तला उच्च व्यवसायिक
क्षमता भयका फलफूल हून।

मानव स्वास्थ्य मा सिट्रस को महत्त्व
सिट्रस भिटामिन सी को राम्रो स्रोत हो। साथै यसमा भिटामिन बी, पोटाशियम, फास्फोरस, म्याग्नीशियम र तामा जस्ता स्वास्थ्य लाई अती आवश्यक खनिज पदार्थ हरु पनी पाहिन्छ । तस्तै सिट्रसहरु फाईबर र एन्टीऑक्सीडन्ट को महत्त्वपूर्ण स्रोत हून ।

साथै शरीरको तौल नियन्त्रण गर्न र किड्नी को समस्या हरु बाट बच्न पनि सिट्रसले मदत गर्ने गर्छ। साथै सिट्रस फलमा पाहिने फ्लाभोनोइडहरूले न्यूरो जेनेरेटिभ रोगहरू जस्तै अल्जाइमर र पार्किन्सन लाई रोक्न मद्दत गर्दछ। ।। सिट्रसको निरन्तर प्रयोगले शरीरको विकाश र प्रतिरक्षा प्रणाली लाई सुधार गर्ने हुँदा यो स्वास्थ्यको लागि निकै नै लभदायक मानिन्छ।

विश्व बजारमा सिट्रस को माग

विश्व बजार उच्च माग भएको सिट्रस को व्यबसाहिक खेतीले किसान र देशको आर्थिक अवस्था लाई माथि उचाल्न ठूलो टेवा खेल्न सक्छ। नेपाली सिट्रस फल को भारत, चीन, बंगलादेश, र अन्य केही देशमा उच्च माग भएको हुनाले सिट्रस निर्यात गर्ने उच्च क्षमता रहेको छ। प्रत्येक वर्ष लाखौं रूपैयाँ को नेपाली सिट्रस फलहरू भारत लगायत संसार का विभिन्न मुलुकमा निर्यात हुने गरेको छ।

व्यबसाहिक सिट्रस खेती गर्ने तरिका :
व्यबसाहिक सिट्रस खेती गर्दा भौगोलिक अवस्था , माटो र राम्रो जातको बिरुवा को छनोट गर्न अति आवश्यक हुनेगर्छ। साथै फल उत्पादन गर्न हुमीडिटी , वर्षा, सुनलाइट जास्त भौगोलिक कारक तत्वहरुले महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा सही ठाउँमा सिट्रस को बगैंचा स्थापित गर्नुपर्ने हुन्छ। व्यबसाहिक सिट्रस खेती गर्दा तलका कुराहरू मा ध्यान दिनुपर्छ :

१)भौगोलीक छनोट
सिट्रस नेपालको ५५० मीटर देखि १३०० मीटर सम्म उत्पादन गर्न सकिन्छ । सुन्ताल , जुनार जस्ता सिट्रस जात का फलफूल उत्पादन को लागि चिसो मौसम आवश्यक हुने हुँदा यिनीहरु नेपालको मध्य पहाडी जिल्ला हरु जस्तै सिन्धुली , गोर्खा , धनकुटा , स्याङ्जा, दैलेख आदि जिल्लाहरुमा खेती गर्ने गरिन्छ । साथै सिट्रस जात का अरु फलफूल जस्तै अमिलो , कागती , भोगोटे आदि हरु चिसो देखि गर्मी सम्म उत्पादन हुन सक्ने हुँदा यिनीहरु तराई देखि मध्य पहाडी जिल्ला सम्म उत्पादन गरिएको पाइन्छ। सिट्रस लाई फल उत्पादन गर्न छोटो दिन र चिसो मौसम आवश्यक पर्नेगर्छ।

२)माटो छनोट
सिट्रस बिरुवा को राम्रो बृद्धि र विकाश को निम्ति ६- ६.५ पियाँचा को माटो राम्रो मानिन्छ। उर्वर , पानी न जम्ने र बातित बलौटे लोम माटो उतकृष्ट मानिन्छ।

३)विरुवा लगाउने तरिका
सबै भन्दा पहिला सिट्रस जात का बिरुवा नर्सरी मा उत्पादन गरिन्छ। सिट्रस जात को बिरुवा को रूट स्टॉक कम्जोर हुने हुदा ट्री फोलियाट को रूट स्टॉक लाई प्रयोग गरिन्छ । सिट्रस को सियोन र ट्री फोलियाट को रूट स्टॉक लाई ग्रफ्टिङ गरेर नया बिरुवा उत्पादन गरिन्छ। येसरी उत्पादन गरीएका बिरुवा लाई 0,5 -1 फिट सम्म बढ्न दिईन्छ । सिट्रस का बिरुवा रोप्नको उत्तम मौसम जून देखी अगस्त महिना बिच हो।

सिट्रसको बिरुवा रोप्न १ मीटर × १ मीटर × १ मीटर आकार को खाल्डो खनिन्छ । बिरुवा रोप्दा एक खाल्डो मा 15- 25 के जी कॉम्पोक्ट वा FYM र 500 ग्राम सुपर फास्फेट को प्रयोग गरिन्छ। सिट्रसका बिरुव 5- 25 फिट सम्म बढ्ने हुदा बिरुवा बिरुवा बिच 4 -6 मीटर को स्पेस छोड्नु पर्छ । बिरुवा हुर्की सेक पछी निरन्तर गोडमेल र मलजल गर्नूपर्छ। साथै नयाँ हागा र राम्रो फल उत्पादन को लागी निरन्तर छाटकाट गर्नूपर्छ ।

सम्बन्धित खबरहरु