सेहम हसैनी । ट्युनिसियामा जव केटीहरुको विवाह हुन्छ, तब उनीहरु कुमारी होउन् भन्ने अपेक्षा गरिन्छ ।

यसै कारणले कुमारीपनको फेरि हासिल गर्नका लागि ‘हाइमन’ लगाउने कारोबार त्यहाँ निक्कै फस्टाएको छ ।

यास्मिन निक्कै डराएकी छन् । उनले आफ्नो ओठ टोकिरहेकी छन् र लगातार मोबाइल हेरिरहेकी छन् । उनले भनिन्, ‘मैले यसलाई धोकाको रुपमा मान्छु र यसैकारणले निक्कै दुखी छु ।’

ट्युनिशियाको एक प्राइभेट क्लिनिकमा हामी चौथो तल्लामा छौं र यहाँ महिलाको समस्यासँग सम्बन्धित डाक्टर छन् । गुलावी रंगको वेटिङ रुममा महिलाहरु निक्कै धैर्यका साथ प्रतीक्षा गरिरहेका छन् ।

यास्मिनले मलाई बताएअनुसार उनले नक्कली हाइमन लगाएकी छन् । एक सामान्य मेडिकल प्रक्रियाको माध्यमबाट महिलाको नीजि अंग क्षेत्रमा एक झिल्लीजस्तो रहने हाइमन लगाइन्छ, हाइमनलाई नीजि अंग क्षेत्रमा राख्नाले महिलाको कुमारीपन पुनः फिर्ता आउने विश्वास गरिन्छ ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘हामी आधुनिक समाजमा रहेको दाबी गछौं । तर, यो आधुनिकताले महिलाहरुलाई शारीरिक सुखप्राप्तिका सम्बन्धमा हुने स्वतन्त्रता देख्दैन ।

यास्मिनको दुई महिनापछि बिहे हुँदैछ । २८ वर्षीया यास्मिनलाई एउटै डरले सताइरहेको छ कि उनी कुमारी छैनन् । भविश्यमा उनको कुमारीपन तोडिसकेको कुरा पत्ता लाग्न सक्छ । उनले भनिन्, ‘एक दिन अनजानमा म पतिका साथ कुराकानीको क्रममा यो नहोस् कि म धोका खाउँ वा मेरा पतिको सन्देश होस् ।’

ट्युनिशियामा थुप्रै यस्ता खवर आइसकेको छ कि कुमारीपन नभएको आरोपमा पुरुषहरुले पत्नीलाई विवाहको लगत्तै छोडपत्र दिएका छन् । यास्मिनको जन्म एक उदार परिवारमा भएको थियो ।

उनले भनिन्, ‘मेरो एक पुरुषका साथ अफेयर थियो । त्यसबेला मैले कल्पना गर्नपनि सक्दिनथेँ कि कुमारीपनलाई लिएर हाम्रो समाजमा कति दबाव हुन्छ र यसको नतिजा कस्तो हुन्छ । यस्तोमा म अहिले निक्कै डराएको छु । यदि मैले आफ्नो अफेयरको बारेमा मंगेतरलाई भनेँ भने निश्चित छ कि मेरो बिहे टुट्नेछ ।’

त्यसैका लागि हाइमन लगाउन उनले ४० हजार रुपैयाँ खर्च गर्न लागेकी छन् । हाइमन लगाउनका लागि करिव आधा घण्टाको समय लाग्नेछ । उनले थुप्रै महिनादेखि यसैका लागि पैसा बचाइरहेकी थिइन् कि आफ्ना पतिलाई कुमारीपनका बारेमा सन्देह नहोस् ।

यास्मिनलाई पुनः कुमारी बनाउने प्रक्रिया एक गाइनोक्लोजिस्टले पूरा गर्नेछन् । डाक्टर रशिद एक सातामा दुई यस्ता अपरेसन गर्छन् । डाक्टर रशिद भन्छन् कि जो हाइमन पुनः लगाउन आउँछन्, त्यसमध्ये ९९ प्रतिशत केटीहरु हुन्छन्, जसलाई आफ्नो परिवार र आफन्तको इज्जतको डर हुन्छ ।

उनले भने कि यास्मिनजस्ता निक्कै कम केटीहरु हुन्छन् जो यस कुराको लुकाउन चाहन्छन् कि उनीहरु कुमारी छैनन् । वास्तविकता के हो भने हाइमन टुट्नुको एकमात्र कारण शारीरिक सुखप्राप्तिको समय भने होइन । तर पनि महिलाहरुलाई गलत तरिकाले दोषी ठहर्‍याइन्छ र उनीहरुमाथि विवाहअघि शारीरिक सुखप्राप्ति गरिसकेको आरोप लगाइन्छ ।

डाक्टरले भने, ‘गाइनोक्लोजिस्ट हाइमन पुनः राख्न सक्छन्, यो कुनै अपवाद होइन । यहाँ धेरैजसो डाक्टर यसो गर्दैनन् । तर म गोप्य रुपमा यसो गर्छु किनभने म ती मानिसहरुसँग सहमत छैन कि जसले कुमारीपनलाई एक पवित्र कुरा मान्छन् । हामी भन्छौं कि यो पुरुष प्रभूत्व हो र म यसको बिरुद्धमा लड्न जारी राख्नेछु ।’

[caption id="attachment_404140" align="alignnone" width="1200"]operation theater operation theater[/caption]

उत्तरी अफ्रिकामा ट्युनिशिया महिलालाई धेरै अधिकार दिने मुलुकमध्ये पर्छ । तर, धर्म र परम्पराका कारण यहाँ महिलाहरुलाई विहेभन्दा अघि कुमारी बन्न बाध्य गराउँछ ।

ट्युनिशियाको तलाक नियममा यो पनि समावेश छ कि यदि पतिलाई जानकारी हुन्छ कि उनकी पत्नी कुमारीपन छैन, उनले तलाक दिन सक्नेछन् ।

समाजशास्त्री सामिया एलुमीले भनिन्, ‘ट्युनिशियाको समाज खुल्ला छ तर हामी पा–ख–ण्डी भइरहेका छौं । यहाँ सामाजिक रुढीबाद निक्कै प्रवल रुपमा छ र हामी आधुनिक समाजमा यो सही मान्न सक्दैनौं । महिलाको शारीरिक सुखप्राप्तिको इच्छा र उनको स्वतन्त्रताको मामलामा आधुनिकता अझै पनि कोषैं टाढा छ ।’

एक सरकारी विश्वबिद्यालयमा मेरो भेट इसेनसँग भयो । २९ वर्षीय इसेनको विहे गत वर्ष भएको थियो । मैले उनीसँग सोधेँ कि उनी र उनका साथी कुमारीपनको ख्याल राख्छन् त ? उनले भने कि उनका लागि यो निक्कै अहम् छ ।

इसेनले भने, ‘यदि मैले विवाहपछि मेरी श्रीमती कुमारी छैन भन्ने थाहा पाएँ भने म पुनः उनलाई भरोसा गर्न सक्दिन । म यसलाई घोकाको रुपमा मान्छु । म नक्की हाइमनमा विश्वास गर्दिन र मेरो मान्यता के हो भने त्यसले काम गर्दैन, जुन काम प्राकृतिक कुमारीपननले गर्छ ।’

इसेनसँगै रहेका अर्का बिद्यार्थीले भने कि ट्निशियाली परम्परामा महिलाने निक्कै असर झेल्नुपर्छ ।  उनले भने कि उनका लागि यो पूरै मुर्ख तरिका हो । यदि पुरुषहरु विवाहअघि शारीरिक सुखप्राप्ति गर्न सक्छन् भने महिलालाई किन कठघरामा उभ्याइन्छ ? बीबीसीबाट अनुवादित

सम्बन्धित खबरहरु