nepali-team

विश्व क्रिकेट लिग डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपाल आज नेदरल्याण्डसँग खेल्नेछ ।

खेल नेपाली समय अनुसार १ः१५ मा हुनेछ । आफ्नो पहिलो खेलमा युगाण्डासँग पराजित भएको नेपाल केही दबावमा हुनेछ ।

पहिलो खेलमा सहज मानिएको युगाण्डासँग नेपाल २ रनले पराजित भएको थियो । नेदरल्याण्डले भने क्यानडामाथि ६७ रनको जित हात पारेको थियो ।

शीर्ष दुईमा पर्ने सम्भावना कायमै राख्न नेपाललाई आज जित्र्नै पर्ने दबाव छ । तर, नेनरल्याण्ड प्रतियोगिताको सबैभन्दा बलियो टीम हो ।

त्यसैले आजको खेलमा नेपालको व्याटिङ र बलिङ दुबै चल्न आवश्यक छ ।

नेदरल्याण्डले शनिबार क्यानडाविरुद्ध २५१ रन बनाएको थियो । जवकी नेपालको मध्यक्रमका व्याट्सम्यानहरु चल्न नसक्दा युगाण्डाले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पनि भेट्टाउन सकेन ।

सम्बन्धित खबरहरु