काठमाडौ । भगवानसँग प्रार्थाना छ यस्तो मृत्यु कसैको नहोस् । यस्तो समाज र आफन्तपनि कोही नहुन् । मृतकको लाश नबोकेपनि शोकको घडीमा टाढैबाट भएपनि साथ दिने कोही आफन्त त जरुर हुन्छ । छिमेकी इष्टमित्र त कोही हुन्छ । तर भारतको ओडिशामा यस्तै एक दुखद दृष्य देखियो ।

 

 

हाल उक्त तस्विरहरु विश्वभरीका मानिसहरुले मानवता रित्तिएको भन्दै सेयर गरिरहेका छन् । हिन्दु संस्कारमा महिलाले अन्तिम संस्कार गर्नु हुन्न भन्ने भनाई छ । तर त्यो संस्कार मात्र तोड्नु परेर एक्लै आफ्ना श्रीमानको अन्तिम संस्कार गर्नुपर्यो । लाशलाई उठाउन मात्र हैन टाढाबाट हेर्नपनि कोही आएनन् । महिला एक्लैले गरिन् अन्तिम संस्कार ।

 

ओडिशाको मलकानगिरी जिल्ला नक्सल प्रभावित इलाकामा मैथिली ब्लकको मण्डापल्ली गाउँ मा यो घटना भएको हो । त्यहाँ कृष्णा नायक नामका व्यक्ति बस्दथे । कृष्णा यो ब्लकका शिक्षा अधिकृत थिए । दुई दिन पहिले उनको अचानक हालत बिग्रियो । स्वास्थ्य त्यसपछि उनी अस्पताल भर्ना भए ।

 

स्थानीय अस्पतालले कोरापुट स्थित शहीर लक्ष्मण नायक मेडिकल कलेजमा रेफर गरिदियो । त्यहाँ उनको हालत झनै बिग्रियो । त्यसपछि कोरोना भाइरसको जाँच गरियो । भाइरस नेगेटिभ आयो । उनको अवस्था झनै चिन्ताजनक भएपछि डाक्टरले उनलाई विशाखपट्टनम सारिदिए ।

 

तर विशाखपट्टनम जाँदा जाँदै बाटैमा उनको मृत्यु भयो । त्यसपछि कृष्णा नायकको लाशलाई घर लगियो । अन्तिम संस्कारको तयारी गर्न खोज्दा घरमा आफन्त कोही आएनन् । बारम्बार हार गुहार गर्दा समेत आफन्त समेत आएनन् । कोही साथ दिन नआएपछि अन्तिममा कृष्णाकी पत्नीले मेडिकल स्टाफ र एम्बुलेन्स बोलाईन् ।

 

उनलेपनि पिपिई लगाइन् । उनी एक्लैले अन्तिम संस्कार गरिन् । एम्बुलेन्समा आएका मेडिकल स्टाफले एकछिन चितामा राख्नसम्म सहयोग गरे । बाँकी एक्लै काम सम्पन्न गरिन् । अहिले उनका आफन्त र छिमेकी लज्जित भएका छन् । संसारभरीबाट उनीहरुलाई गाली आइरहेको छ ।

 

 

 

सम्बन्धित खबरहरु