काठमाडौं । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही अटोरिक्सामा सवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका– १ निवासी ३० वर्षीया पुनम यादव घाइते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

सम्बन्धित खबरहरु