काठमाडौ । कतारले आफ्नो मुलुकमा रहेका र ‘खोप आवश्यक पर्ने’ सवैलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निःशुल्क रुपमा उपलव्ध गराउने जनाएको छ ।

 

 

कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सवैलाई सो खोप निःशुल्क उपलव्ध गराउने बताएको हो । हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख समेत रहेका डा। अव्दुल्लाह अल खालले यसका लागि कतारले केहि हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रवन्ध गर्ने प्रयास गरिरहेको बताएका छन् ।

 

 

कतार ट्रिव्यूनका अनुसार खोपले अनुमति पाउने वित्तिकै कतारले प्राप्त गर्नेगरी कतारको स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको उनले बताएका हुन् । यसका लागि फिजर कम्पनीसँग यसअगाडी नै कतारले खोप उपलव्ध गराउने सम्वन्धमा सम्झौता गरिसकेको उनले बताए ।

 

 

सो कम्पनी कोभिड–१९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका विभिन्न कम्पनीहरु मध्ये एक हो । सो कम्पनीले तयार पारेको खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ । सो क्रममा विभिन्न मुलुकका ४४ हजार व्यक्तिमा सो खोपको परीक्षण हुँदैछ । सो कम्पनीको खोपले अक्टोवर वा नोभेम्वर महिनामा आम रुपमा लगाउन अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको खालले बताए ।

 

 

कतारले डिसेम्वर महिनासम्ममा वा सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास गरिएको समाचारमा जनाइएको छ । सो कम्पनीका अलावा अन्य कम्पनीहरुसँग पनि कतारको छलफल चलिरहेको जनाइएको छ ।

 

 

 

सम्बन्धित खबरहरु