काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीबीचको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकामा खुशी व्यक्त गर्दै आयोगप्रति धन्यवाद ज्ञापन निर्णय गरेको छ ।

बैठकले जिल्लामा पार्टी समायोजनको समय यही असोज २९ सम्म बढाउने, केन्द्रीय कार्यसमिति विस्तार गर्ने र तीव्र गतिमा सङ्गठन निर्माणमा लाग्ने निर्णय गरेको छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित राप्रपालाई अध्यक्षत्रयले आगामी चुनावमा अग्रणी शक्ति बनाउने दृढता व्यक्त गरेको पार्टी केन्द्रीय सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु