रौतहट । रौतहटमा बुधवार साँझ शंकास्पद मृत्यु भएको युवतीको प्रेम सम्बन्धका कारण ज्यान गएको खुलेको छ । युवतीको मृत्युपछि प्रहरीले उनका काका र काकीलाई नियन्त्रणमा लिएको छ ।

 

 

रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं–४ छतौना टोल बस्ने लाल महम्मद धुनियाकी १७ वर्षीया छोरी रोबिना मन्सुरीको लाश बुधबार साँझ फेला परेको थियो ।

 

 

युवतीको स्थानीय जुनैद कवारीसँग प्रेम सम्बन्ध रहेको र युवतीको परिवारलाई सो सम्बन्ध स्वीकार्य नभएको कारण दुवै परिवारमा पटक–पटक विवादसमेत भएको प्रहरीले जनाएको छ । मृतक रोबिना र जुनैदले पारिवारिक अवरोधका बीच पनि प्रेम सम्बन्धलाई निरन्तरता दिइरहेको थिए ।

 

 

परिवारजनका सदस्यहरुले युवतीको लाश बोकेर युवकको घरमा पुर्‍याउँदै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए । युवतीको लाश युवकको घरमा राखेर फसाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी श्रेष्ठले बताए ।

 

 

युवतीका काकाहरु फुल महम्मद, लाल महम्मद, नसरुद्धिन मन्सुरी, काकी सहनाज मन्सुरीले लाशलाई बोकेर जुनैद कवारीको घरमा लगेर राखेका थिए । जुनैदको घरका सदस्य बाहिर रहेको बेला युवतीका परिवारजनले लाश जुनैद कवारीको भाउजु बस्ने कोठामा राखेको प्रहरीले जनाएको छ ।

 

 

 

मृतक युवतीको घाँटीमा डोरीकोचिन्ह जस्तो देखिएपछि जीवन लिइएको हो वा जीवन त्यागेको के हो भन्ने खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए । अनुसन्धानका क्रममा मृतक युवतीका काका फुल महम्मद मन्सुरी र काकी सहनाज मन्सुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको लाश परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको छ ।

 

योपनि हेर्नुहोस्

https://www.janaboli.com/post/301014

 

https://www.janaboli.com/post/300644

 

सम्बन्धित खबरहरु