काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद (सिटिईभिटी) ले स्थगित परीक्षा दसैंलगत्तै सुरू हुने जनाएको छ। कोरोनाभाइरस महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षाहरु दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।

परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जानकारी दिएको छ। परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।

सम्बन्धित खबरहरु