काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्व शक्तिमान व्यक्तित्वमा पर्दछन् । उनी सार्वजनिक जीवनमा जति प्रभावशाली छन्, उनको व्यक्तिगत जीवन त्यति नै गोप्य छ । केही समयअघि ओलम्पिक विजेता एलिना कावाइभासँग पुटिनको प्रेम सम्बन्ध रहेको हल्लाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलै चर्चा पाएको थियो ।

 

 

सेलिब्रेटी कावाइभा सार्वजनिक रुपमा नदेखिएको लामो समय बितेको छ । अप्रिल २०१९ मस्कोस्थित एक क्लिनिकमा उनले जुल्याहा छोरा जन्माएको समाचार सार्वजनिक भएको थियो । बेलायती सञ्चारमाध्यम द सनका अनुसार गर्भवती भएको दुुई महिनादेखि नै उनी सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

 

पूर्व श्रीमती लाईउडमिला सक्रेवनेभातर्फबाट पुटिनका दुुई छोरीहरु छन् । उनीहरु वयस्क भइसकेका छन् । यद्यपी, पुटिले आफ्ना छोरीहरुबारे कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरेका छैनन् । उनले कावाइभासँगको प्रेम सम्बन्ध पनि अस्विकार गर्दै आएका छन् । कावाइभा केही समयअघिसम्म पुटिनकै युनाइटेड पार्टीमार्फत सक्रिय राजनीतिमा थिइन् ।

 

‘पुटिन निकै गोप्य व्यक्ति हुन् । उनले आफ्नी दुुई वयस्क छोरीलाई नक्कली परिचयमार्फत वर्षौदेखि लुकाउँदै आएका छन्,’ मस्को निकट स्रोतले भनेको छ,‘ उनी कहिलेकाँही ती छोरीहरुका विषयमा कुरा गर्छन् । तर कहिल्यै नाम लिदैंनन् ।’

 

 

आफ्नो परिवारको सुरक्षालाई लिएर पुटिन निकै सचेत रहेको स्रोत बताउँछ । ‘कावाइभा गायब हुनुु पुटिनका बच्चाहरुलाई उनले जन्म दिएको भन्ने तर्कमा बलियो संकेत हो,’ स्रोत भन्छ । कावाइभा रुसकी चर्चित मोडल तथा पूर्व विश्वचर्चित जिम्न्यास्ट हुन् । द सनका अनुसार उनी रुसको बोर्ड अफ डाइरेक्टर्स अफ नेशनल मिडिया ग्रुपकी अध्यक्ष हुन्, यस समुहले रुसमा नेटफ्लिक्सका सामाग्री प्रशारण गर्ने एकाधिकार पाएको छ ।

 

 

कावाइभाले २००४ को एथेन्स ओलम्पिकमा रिदमिक जिम्न्यास्टिक अलराउन्डतर्फ स्वर्ण जितेकी थिइन् । त्यसअघि २००० को सिड्नी ओलम्पिकमा रजत जितेकी थिइन् । उनले विश्व च्याम्पियनसिपमा १४ र युरोपेली च्याम्पियनसिपमा २५ वटा मेडल जितिसकेकी छिन् ।

 

 

 

पुटिनसँगको उनको प्रेम–सम्बन्धबारे २००८ देखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा हल्ला चलेको थियो । तर उनी गुपचुप नै पुटिनको बच्चा जन्माउन तयार भएको र त्यो सबै पुरा भएको बताइन्छ । रुस विश्वको खरो कम्युनिष्ट भएको देश हो । लेनिनको सिद्धान्तका कम्युनिष्ट नेताको यो हालत भनेर बाहिर चर्चा आउँछ भनेर यसो गरेको स्रोतको दावी छ ।

 

 

 

सम्बन्धित खबरहरु