काठमाडौ । भारतमा एक व्यक्तिलाई गम्भीर प्रकरणमा संलग्न रहेको बताउँदै पक्राउ गरिएको छ । भारत, महाराष्ट्र आवाद विरोधी टोलीले शुक्रवार हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) का एक कर्मचारीलाई पक्राउ गरेको छ ।

 

 

उनीलाई एटीएसको नासिक इकाईले भारतीय लडाकू विमानको बारेमा गोप्य जानकारी र उनीहरूको निर्माण इकाई पाकिस्तानको इन्टर–सर्भेस इन्टेलिजेन्स (आईएसआई) लाई लडाकु विमान लगायत सुचना दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । यसले भारतियले राष्ट्रिय सुरक्षाका अति संवेदनशील सूचना पाकिस्तान पठाउने गरेको खुलासा भएको हो ।

 

 

यसअघिको अक्टुबर ५ मा एकजनालाई नासिकबाट पक्राउ गरिएको थियो । नासिक अदालतले एक व्यक्तिलाई पाकिस्तानको एक व्हाट्सएप समूहमा देवलालीको रक्षा क्षेत्रको फोटो पठाउँदै गरेको आरोपमा अक्टुबर ९ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।

 

 

प्रहरी अधिकारीले भनेका थिए कि २१ वर्षीया आरोपी सञ्जीव कुमारलाई देवलाली क्याम्पमा रहेको सैनिक अस्पतालको तस्बिर खिच्दै गर्दा केहि सैनिकले समातेर लगेका थिए । उक्त क्षेत्रमा फोटो खिच्न र भिडियो रेकर्ड गर्न निषेध गरिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु