BICC-Nepal

संविधानसभाको बैठक चलिरहेका बेला सहमति जुटाउन छुट्टै शीर्ष बैठक पनि सुरु भएको छ । संविधानसभा बैठक बिहानै सुरु भएको छ। संविधानसभाको बैठकसँगै सम्मेलन केन्द्रभित्रै मुख्य दलका नेताहरुको शीर्ष बैठक पनि बसेको छ।
प्रतिवेदनमाथिको छलफल आजै सकाउन लागि बिहान साढे आठ बजेदेखि बैठक सुरु गरिएको हो। बैठक चलिरहँदा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको च्याम्बरमा कांग्रेस, एमाले, एमाओवादी, मधेसी दलका शीर्ष नेताहरुबीच वार्ता भइरहेको छ। बैठकमा संविधानको अन्तरवस्तु, संवैधानिक समितिको प्रतिवेदन, माघ ८ को सयमसिमा र आगामी प्रक्रियाबारे छलफल भइरहेको छ।

शनिबार विदाको दिन पनि दिनभर दलहरुबीच विभिन्न चरणमा वार्ता भएको थियो ।
कांग्रेस एमालेसहितका दलहरु प्रश्नावलीसमेत नबनाइकन फास्ट ट्रयाकबाट संविधानको मस्यौदा बनाउनुपर्ने पक्षमा छन् र उनीहरुले छलफल सकाएर तत्काल प्रक्रिया थाल्न सभामुखलाई दबाब दिएका छन्।

संविधान लेखनका विवादको पुरानै विवरण समेटिएको प्रतिवेदनमाथि पहिले नै छलफल भएकोले अब फेरी त्यसमा अलमलिनुपर्ने अवस्था र कारण नरहेको कांग्रेस एमालेको भनाइ छ। संविधानसभाको बैठक बिहान ९ बजे नै सुरु भइसकेको छ । बैठककै क्रममा सभाध्यक्ष नेम्वाङले छुट्टै बैठक गरी प्रक्रियामा प्रवेश गराउने सतयारी गरेका हुन् ।

सम्बन्धित खबरहरु