काठमाडौ । आज शनिबारु काठमाडौं उपत्यकासहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाडौं उपत्यकासहित ६ जिल्लाका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको हो।

 

 

प्राधिकरणले प्रकाशन गरेको सूचना अनुसार आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानसहित काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती गरिने भएको हो । जसअनुसार सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भइसकेको छ। अब त्यहाँ दिउँसो ३ बजे मात्रै विद्युत् सञ्चालन हुनेछ।

 

 

 

यस्तै धनकुटाका विभिन्न क्षेत्रमा पनि बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको छ भने त्यहाँ अब साँझ ५ बजे मात्रै विद्युत् आउने प्राधिकरणले जनाएको छ।

 

 

यस्तै काभ्रेमा अहिले बिहान ९ बजेदेखि तथा काठमाडौंको जोरपाटी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ। यस क्षेत्रमा विद्युत साँझ ५ बजे मात्रै आउने प्राधिकरणले जनाएको छ।

 

यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा अहिले बिहान ११ बजेदेखि विद्युत् कटौती हुने प्राधिकरणले सूचनामार्फत जानकारी दिएको छ।

 

 

 

 

सम्बन्धित खबरहरु