खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका खोटाङले एक सूचना जारी गरी कोरोना भाइरसबाट सतर्कता अपनाउन आग्रह गरेको छ । नेपालीहरुको महान् पर्व दशै तथा तिहार मनाउनका लागि आफ्ना वडामा आउने वडाबासीलाई मिति नै तोकेर देश, विदेश तथा अन्य जिल्लाबाट चाड पर्व मान्न आउने व्यक्ति तथा नागरिकलाई यहि असोज २६ गतेसम्म आईसक्नुपर्ने सूचना जारी गरेको हो ।

 

 

 

जारी सूचना अनुसार वडामा आउने नागरिकहरुले नियम अनुसार अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ । यसरी नियम अनुसार पालना नगरी वडा तथा गाउँटोलमा कोरोना भाइरसको संक्रमण फैलिएमा सो को जवाफदेही सहित सम्बन्धित व्यक्ति र परिवार जिम्मेवारी हुनुपर्ने सूचना जारी गरेको छ ।

 

 

 

सम्बन्धित खबरहरु