काठमाडौ । सडक यातायात र पर्यटनको लागि पूर्वाधार भएका स्थानमा अहिले पर्यटकहरुको लागि नयाँ घुमफिरका स्थल बन्न थालेका छन् । पूर्वी पाल्पाको रामपुर नगरपालिकामा रहेको ताल पोखरा एक पर्यटनको गन्तब्य भएको छ । कोरोना भाइरसका कारण टाढाबाट मानिस आउन नसकेपनि नजिकका मानिसहरु आइनै रहेका छन् । यो त्यही रामपुर नगरपालिकामा रहेको पर्यटकिय तालपोखराको सुन्दर दृश्य हो । यहाँ कोरोनाका कारण डुङ्गा बन्द गरिएको छ ।

ब्यापारिक केन्द्र रामपुरमा कृत्रिम ताल पोखरा निर्माण गरिएको थियो । पर्यटन भित्र्याउन चार बिगाह क्षेत्रफलमा कृत्रिम ताल बनाएर पर्यटकहरुलाई आकर्षित बनाएको थियो । चन्दा संकलन एवं महायज्ञ सञ्चालन गरी ताल निर्माण गर्न करिब तीन करोड रुपैयाँको लागतमा रामपुर नगरपालिका–६ मा कृत्रिम ताल बनाइएको हो । कृत्रिम तालको बीचमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिरले पनि पर्यटकहरुलाई थप आकर्षण गराइ दिने विश्वास छ । तालमा डुङ्गा चढेर फन्को लगाउँदा सबै पर्यटक रमाउने गर्दछन् । परापूर्व कालमा नुन, उन र सुनको लागि पैदल मार्ग बनेको रामपुर अहिलेको व्यापारीक केन्द्र मात्र नभएर पर्यटनको गन्तब्य भएको छ ।

सम्बन्धित खबरहरु