काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारका फ्यानहरुका लागि एकदमै खुःशीको खबर आएको छ । अक्षय कुमाचार चाँडै नै लक्ष्मी बम फिल्ममा देखा पर्ने छन् । अक्षयसँग लक्ष्मी बममा कियारा आडवाणी महत्वपूर्ण भूमिकामा देखिने पक्का भएको छ ।

 

 

फिल्मको ट्रेलर ९ अक्टुबरमा रिलीज भएको छ । ट्रेलर रिलीज हुने बित्तिकै यो सामाजिक सञ्जालमा लोकप्रिय भयो । यस ट्रेलरको रिलीजको २७ घण्टा भित्र ७ करोड भन्दा धेरै मानिसहरूले हेरिसकेका छन् ।

 

 

बलिउड अभिनेता तुषार कपूरले ट्रेलरको ७ करोडभन्दा बढी भएकोमा खुःशी हुँदै पोष्ट सेयर गरेका छन् । उनले पोस्ट साझा गर्दै भने, ‘लक्ष्मी बमको ट्रेलरलाई यति धेरै प्रेम गर्नुभएकोमा सबैलाई धन्यवाद । यसलाई भारतमा २४ घण्टामा सबैभन्दा धेरै हेरिएको ट्रेलर बनाउनु भएकोमा पनि ।’

 

 

ट्रेलरमा अक्षय कुमार आफ्नी श्रीमती कियारा आडवाणीसँगै परिवार उनको घर जान्छन् । त्यसबेलादेखि त्यहाँ किन्नरको आत्माको नाटक सुरु हुन्छ । जहाँ अक्षयले सबैलाई आफ्नो कमेडीसँगै हसाँउछन् । तर जब किन्नरको आत्मा अक्षयभित्र पस्छ तब उनले मानिसहरूलाई तर्साउन थाल्छन् । अक्षयले बांग्रा लगाउनु र केटीको जस्तै लुगा लगाउनु र उनीहरूले जस्तो हाँस्नु पनि डरलाग्दो दृश्यको रुपमा रहेको छ ।

 

 

 

बलिउड सेलिब्रेटीहरूले पनि फ्यानहरूसँग लक्ष्मी बमको ट्रेलर मनपराएका छन् । टाप्सी पन्नू, कृति सनन भूमि पेडनेकर, करण जोहर, वरुण धवनलगायतका धेरै कलाकारले फिल्मको ट्रेलरको प्रशंसा गरेका छन् । लक्ष्मी बम तमिल फिल्म मुनि २ः कन्चनाको हिन्दी रीमेक हो। फिल्म डिस्ने प्लस हटस्टारमा ९ नोभेम्बरदेखि रिलीज हुँदैछ ।

 

 

 

अक्षय कुमारको साथ लक्ष्मी बममा कियारा आडवाणी, तुषार कपूर, शरद केलकर र अश्विनी कलसेकर देखा पर्ने छन् । यो फिल्म राघव लरेन्स द्वारा निर्देशित गरिएको हो ।

 

 

 

 

सम्बन्धित खबरहरु