काठमाडौ । इन्डियन प्रिमियर लिगको आजको खेलमा किंग्स इलेभेन पन्जाब मात्र २ रनले पराजित भएको छ । युएईमा जारी लिगको आजको खेलमा कोलकाता नाइट राइडर्ससँग किंग्स इलेभेन पन्जाब झिनो अंकले पराजित भएको हो ।

 

इपीएल अन्तर्गतको आजको खेल २४ औं खेल हो । जितको सम्भावना बोकेको बढ्दै गर्दा ब्याट्सम्यानले राम्रो प्रदर्शन गनृ नसक्दा पराजित हुन पुगेको हो ।

 

 

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सफल भएको थियो ।

 

 

१ सय १५ रन बनाउँदा पञ्जाबको पहिलो विकेट गुमेको थियो। पन्जाबका लागि के एल राहुलले ७४ र मयंक अग्रवालले ५६ रन बनाउन सफल भएका थिए । त्यस्तै कोलकत्ताका प्रसिद्ध कृष्णले ३ र सुनिल नारिनले २ विकेट लिन सफल भएका थिए ।

 

 

त्यो भन्दा पहिले आबुधावी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । कोलकत्ताका लागि कप्तान दिनेश कार्तिकले ५८ र शुभमन गिलले ५७ रन बनाएका थिए ।

 

 

 

सम्बन्धित खबरहरु